पोखरामा पनि अवैध कल वाइपास धन्दा, एक समूह पक्राउ

२८ भाद्र २०६९, बिहीबार १४:२९ मा प्रकाशित

काठमाडौं, २८ भदौ । अवैध भिओआपी संचालन गर्ने गिरोह पोखरामा सक्रिय रहेको सूचनाका आधारमा केही समयदेखि अनुसन्धानमा रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले त्यस्ताने अवैध कार्यमा संलग्न एक समूहलाई पोखराबाट पक्राउ गरेको छ । अपरेसन भ्वाइस फक्स नाम दिएर अनुसन्धानमा जुटेको प्रहरी टोलीले मा खटिएको प्रहरी टोलीले बुधबार पोखरा उप–महानगरपालिका वडा नं. ९ संगम मार्गमा बलबहादुर कुंवरको घरमा छापा मारी सो घरमा डेरा लिई बस्ने २ जनालाई पक्राउ गरेको हो । अवैध भिओआइपी संचालन गर्नेमा गोरखा बुङकोट–७ का २२ वÈिर्य तीर्थराज ढकाल र कास्की सिरु–४ का २० वर्Èे विनोद सिंह रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको डेराबाट भिओआइपी संचालनको लागि प्रयोग गरेको सिमकार्ड, जिओइपी ८ पोर्ट भएको डिभाइस, ल्यापटप, ब्लुटुथ, इन्भर्टर, राउटर र रिचार्ज कार्डहरु लगायतका उपकरण्ँहरु बरामद गरिएको छ भने भिओआइपीमा प्रयोग गर्नको लागि सिमकार्ड र रिचार्जकार्ड दिंदै आएका पर्वत तिलहार–९ का २५ वर्षिय केशव गौतमलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पछिल्लो ससमय अवैध भिओआइपी संचालन गर्नेहरुले जिओआइपी प्रविधिको प्रयोग गरी कल बाईपास गर्ने गरेको बढेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा