बिमान अपहरणकारी पक्राउ परेको भारतीय दाबी

२८ भाद्र २०६९, बिहीबार १४:२० मा प्रकाशित

काठमाडौं, २८ भदौ । सन् १९९९ मा काठमाडौंबाट दिल्लीका लागि उडेको भारतीय बिमान अपहरण गर्नेमध्यको एक व्यक्तिलाई भारतीय प्रहरीले गिरफ्तार गरेको समाचार बीबीसीले प्रसारण गरेको छ । मिराजुद्दीन भनिने जावेद अहमदलाई भारत प्रशासित काश्मिरको किश्वतवर जिल्लामा गिरङ्खतार गरिएको समाचारमा जनाइएको छ । जावेद पाकिस्तानबाट नेपाल हुंदै काश्मिर पुगेको दावी भारतले गरेको पनि बताइएको छ । १३ वर्अघि १८० जना यात्रु बोकेर काठमाडौंको त्रिभुवन विमानस्थलबाट उडेको इण्डियन एयरलाइन्सको विमान भारतीय आकाशमा पुगेपछि अपहरण् गरिएको थियो । अपहरण्कारीहरुले विमानलाई अफगानिस्तानको कन्दहारमा पु¥याई भारत सरकारसंग बार्गेनिङ गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ताको निर्णय

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको