नेशनल प्यारालम्पिक कमिटीका सदस्य लोप्चनद्वारा लण्डनमा आत्महत्याको प्रयास

२८ भाद्र २०६९, बिहीबार ११:१० मा प्रकाशित

काठमाडौं, २८ भदौ । नेशनल प्यारालम्पिक कमिटी, नेपालका सदस्य ४५ वर्षीय मनबहादुर लोप्चनले लण्डनमा डोरीको पासो लगाई आत्महत्या गर्ने प्रयास गरेका छन् । प्यारालम्पिकका लागि उनी खेल पदाधिकारीका रुपमा लन्डन गएका थिए । आत्महत्या प्रयास गर्दा हृदयघात भएपछि उनको अचेत अवस्थामा इष्ट लन्डनस्थित रोयल लन्डन हस्पिटलमा उपचार भइरहेको बुझिएको छ ।
बताइएअनुसार लोप्चनको अहिले आइसीयु साइड रुममा उपचार भइरहेको र बिहीवार विहानसम्म होस खुलेको छैन् ।
पासो लगाएपछि अक्सिजन सप्लाईको कमीले ब्रेनको टिष्यु मर्दै गएर उनको अवस्था चिन्ताजनक रहेको अस्पताल श्रोतले जनाएको बताइन्छ । गत सोमबार राती आत्महत्याको प्रयास गरेका उनलाई मंगलबार विहान प्रहरीले लन्डन एम्बुलेन्स् सर्भिस्मार्फत अस्पताल पुर्‍याएको थियो । घट्नाबारे नेपालमा रहेका लोप्चन परिवारलाई अवगत गराइसकिएको लन्डनस्थित नेपाली दूतावासले जनाए पनि लोप्चनले आत्महत्याको प्रयास किन गरे भन्ने खुलेको छैन ।
स्मरण रहोस्, प्यारालम्पिकका लागि लण्डन पुगेका उनी खेल छोडर वेपत्ता भएको समाचार सार्वजनिक भएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस