बन्द भएको भिसा सेवा आजबाट सञ्चालनमा आउने

अध्यागमन विभागले यसअघि अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरेको भए पनि आजबाट शुरु गर्ने निर्णय भएको जनाएको छ । आजबाट आगामी एक सातासम्म नेपालमा रहेका पर्यटकले भिसा सम्बन्धी कामका लागि विभिन्न छुट तथा सहुलियतको सुविधा प्राप्त गर्न सक्ने पनि विभागले जनाएको छ ।
१८ असार २०७८, शुक्रबार १०:२७ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएपछि बन्द भएको भिसा सेवा आजबाट सञ्चालनमा आउने भएको छ ।

अध्यागमन विभागले यसअघि अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरेको भए पनि आजबाट शुरु गर्ने निर्णय भएको जनाएको छ । आजबाट आगामी एक सातासम्म नेपालमा रहेका पर्यटकले भिसा सम्बन्धी कामका लागि विभिन्न छुट तथा सहुलियतको सुविधा प्राप्त गर्न सक्ने पनि विभागले जनाएको छ ।

२०७८ वैशाख १५ सम्म वैध भिसा भएका विदेशी नागरिक २४ असारभित्र नेपालबाट बाहिरिँदा अध्यागमन कार्यालय, त्रिभुवन विमानस्थलबट निःशुल्क भिसा नियमित गरिनेछ । नेपालमै रहन चाहने पर्यटकले भने २४ असार भित्र आवेदन गरेमा विलम्ब शूल्क र जरिवाना नलिई भिसा शुल्क मात्र लिएर नियमित गरिने विभागले जनाएको छ ।

२४ असारपछि आउने विदेशीको हाकमा भने भिसा शुल्क, विलम्ब शूल्क र जरिवानासमेत लाग्ने जनाइएको छ ।नेपाललमा एक जना पर्यटकले एक वर्षमा पर्यटक भिसामा बढीमा १५० दिन मात्र रहन सक्ने प्रावधान रहेको छ ।

तर, निषेधाज्ञा भएको समयलाई भने सरकारले पर्यटक भिसाको यो अवधिबाट छुट दिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । लुम्बिनी प्रदेश सरकारले विवादित सञ्चार विधेयक फिर्ता नलिने भएको छ । नेपाल पत्रकार महासंघलगायत सञ्चार सम्बद्ध संघसंस्थाले विधेयक

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको कार्यतालिका पुनः संशोधन भएको छ । पार्टीको केन्द्रीय महाधिवेशन मंसिर २४–२६ गते काठमाडौंमा

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला पोलिटले आज भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा

काठमाडौं । सरकारले तीन देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत भ्रमणको पूर्वसन्ध्यामा सरकारले भारत,