शिक्षकले शिक्षिकालाई धोका दिएपछि विद्यालय बन्द

२८ भाद्र २०६९, बिहीबार १०:४९ मा प्रकाशित

काठमाडौं, २८ भदौ । जनकल्याण उच्चमावि जुवु सोलुखुम्बुमा कार्यरत एक शिक्षिकाले सोही विद्यालयमा कार्यरत एक शिक्षकले आफ्नो कुमारीत्व लुटेको आरोप लगाएपछि विद्यार्थीले विद्यालयमा पठनपाठन ठप्प पारेको राससले जनाएको छ । शिक्षिका रञ्जिता बनले आफूलाई विवाह गर्ने प्रलोभन देखाएर शिक्षक कुमार बस्नेतले यौनसम्पर्क राखेको र अहिले विवाह गर्न नमानेको भन्दै विद्यालय प्रशासनमा उजुरी गरेपछि दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीले पठनपाठन अवरुद्ध गराएका हुन्।
घटना सार्वजनिक भएपछि गत सोमबारदेखि नै विद्यालयमा पठनपाठन अवरुद्ध भएको छ। विद्यालयमा अविभावक, शिक्षक, विद्यार्थी, प्रहरी र दुवै आरोपीसहितको छलफल भए पनि कुरा नमिलेपछि थप अनुसन्धानका लागि शिक्षक शिक्षिका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सल्लेरी लगिएको छ।
शिक्षक बस्नेतले आफूले बनमाथि कुनै अनैतिक क्रियाकलाप नगरेको दाबी गरेको समाचारमा जनाइएको छ। उनले आफूलाई फसाउने नियतले यस्तो आरोप लगाएको भन्दै खण्डनसमेत गरेका छन्। शिक्षकरशिक्षिका दुवैलाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालय पुरयाइउको र थप अनुसन्धानपछि मात्र यथार्थ थाहा हुने सोलुखुम्बुका प्रहरीनायब उपरीक्षक रमेशकुमार खड्कालाई उद्धृत गर्दै राससले जनाएको छ । घटनाको सत्यतथ्य छानबिन भएर दोषीलाई कारबाही नभएसम्म विद्यालयमा पठनपाठन हुन नदिने अडानमा छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको