अब कोरोनाको परीक्षण मास्कबाटै

१७ असार २०७८, बिहीबार ०८:५३ मा प्रकाशित

कोरोना भाइरसका बारेमा विभिन्न परीक्षणहरु भएका छन् । यसको औषधी उपचारदेखि यसको परिक्षण र रोकथामका बारेमा पनि वैज्ञानिकहरुले विभिन्न परीक्षण र शोध गरिरहेका छन् । नयाँ-नयाँ आविस्कार पनि भएका छन् भने यसका नयाँनयाँ भेरिएन्टले पनि मानव समुदायमा झन् चुनौति पनि थप्दै गइरहेको छ ।

पछिल्लो चरणमा अमेरिकी वैज्ञानिकहरुले मास्को मद्दतबाट कोरोनाको परीक्षण नै हुने बताएका छन् । उनीहरुले नयाँ प्रकारको मास्क तयारी गरी कोरोना भाइरस भएका व्यक्तिले लगाए उसको श्वासमा भएको भाइरसको संक्रमणबारे थाहा लाग्ने बताएका छन् । यो मास्क हार्वर्ड विश्वविद्यालय र मेसाच्युसेट्स इन्टिट्यूट अफ टेक्नोलोजीका वैज्ञानिकहरुले मिलेर तयार गरेका हुन् ।

वैज्ञानिकहरुले आफूहरुले धेरै वर्षदेखि प्रविधिको सहायताले इबोला र जीका जस्ता भाइरस पत्ता लगाउने कोशिस गरिरहेको तर गतवर्ष महामारीका रुपमा आएको कोरोना भाइरस पत्ता लगाउनका लागि त्यस कार्यलाई अगाडि बढाउने लक्ष्य लिएको बताए ।

वैज्ञानिकहरुका अनुसार मास्कमा भएको डिस्पोजेवल सेन्सर सक्रिय भएपछि श्वासमा रहेको कोरोनाका कणहरु पत्ता लगाउँदछ । कोरोनाको कण फेला परेपछि सेन्सरको रङ्ग बदलिन्छ र ९० मिनेटमा परीक्षणको नतिजा दिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान दिवसले नेपालीलाई राष्ट्रनिर्माणको प्रक्रियामा भावनात्मक एकतामा बाँधेको बताउनुभएको छ । आज

काठमाडौं । कमेडी च्याम्पियनको सिजन दुईको उपाधी भरतमणाी पौडेलले जितेका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा धेरै भोट पाएको

काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडेनले शुभकामना सन्देश पठाउँदै नेपाली जनताप्रति बधाई ज्ञापन गर्नुभएको छ । दुई देशका जनताबीचको सम्बन्धले

काबुल । अफगानिस्तानमा तालिवान शासकले माध्यामिक विद्यालयमा पनि बालिकाहरुलाई विद्यालय जानबाट बञ्चित गरेका छन् । तालिवानले सत्ता कब्जा गरेपछि हालै

आजको प्रमुख समाचार