एमाले नेता भारतीय नागरिक, सर्वोच्चले माग्यो सक्कल कागजात

२८ भाद्र २०६९, बिहीबार १०:३१ मा प्रकाशित

काठमाडौं, २८ भदौ । नेकपा एमालेका पोलिटब्युरो सदस्य रामचन्द्र झाको नागरिकतामाथि प्रश्न उठाउंदै सर्वोच्च अदालतले उनलाई नागरिकता दिने निर्णयको सक्कल कागजात परीक्षण गर्ने भएको छ । चार वर्षअघि झा भारतीय नागरिक भएको र कानूनविपरित नागरिकता प्राप्त गरेको प्रमाणसहित अदालतमा उजुरी परेको थियो । सोही मुद्दामा परेको निवेदनका आधारमा सर्वोच्चले नागरिकता दिने निर्णय पेस गर्न जिप्रका धनुषालाई आदेश दिएको हो ।
न्यायाधीशद्वय भरतराज उप्रेती र डा. भरतबहादुर कार्कीको संयुक्त इजलासले झालाई पनि नेपाली नागरिक भएको प्रमाणसहित अदालतमा उपस्थित हुन आदेश दिएको छ । पटक–पटक विभिन्न मन्त्रालयको जिम्मेवारीसमेत सम्हालीसकेका झाले जिप्रका धनुषाबाट २०४५ चैत ५ गते नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । झा भारतीय नागरिक भएको दाबी गदैृ नेपाली नागरिकता बदर गर्न मागसहित धनुषाकै रामचन्द्र महर्जनले जिप्रका र प्रहरी कार्यालयमा दिएको जाहेरी ती निकायले दर्ता गर्नसमेत अस्वीकार गरेको थियो ।
झा परिवार भारत मधुवनी जिल्ला हरलाखी करुणा पञ्चायतका वासिन्दा हुन् भने त्यहांको मतदाता नामावलीमा समेत उनको नाम रहेको दाबी गरिएको छ । उनका पांच दाजुभाइमध्ये अन्य चारजना अझै पनि भारतीय नागरिक नै हुन् । एमाले नेता झाले २१ अप्रिल २००८ मा बाबुले दिएको अंश बिक्रीको कागजातमा आफू भारतीय नागरिक भएको सपथ खाएको प्रमाण रिट निवेदकले अदालतमा पेश गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार