सुनौलीमा किनमेल गर्ने नेपालीको भीड बढ्यो

२८ भाद्र २०६९, बिहीबार ०९:५६ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २८ भदौ । चाडपर्ब नजिकीदै जांदा नेपाली बजारमाभन्दा भारतीयय बजार सुनौलीमा किनमेल गर्ने नेपालीहरुको भीड बढेकोको छ । भैरहबा भन्सारदेखि सुनौली बजारसम्म दैनिक नेपाली ग्राहकको भीड लाग्ने गर्दछ ।

नेपालीहरुलाई असारको १५ लागे जस्तै आजभोलि भारतको सुनौली बजारमा भारतीय ब्यापारीलाई चटारो परेको छ । लुम्बिनी अञ्चलका बिभिन्न जिल्ला लगायत बिभिन्न ठाउबाट किनमेल गर्न भारतीय सीमाक्षेत्र सुनौलीमा जाने गर्दछन् ।
सुनौलीमा पाउने समान बुटबल भैरहबाका बजारमा पनि पाइन्छन् तर यहांको महंगो हुन्छ, सुनौली गएपछि सस्तो पाइन्छ भन्ने मान्यताका साथ बजार गर्न सुनौली जाने गर्दछन । बुटबलमा किन्ने साडी र सुनौलीमा किन्ने साडीमा धेरैको फरक पर्ने भएकाले सुनौली आएकी हुं भन्छिन् नवलपरासीबाट सुनौली बजार गर्न आएका सरिता भुसाल । नेपालीहरु भारतमा किनमेल गर्न जांदा त्यसको असर बुटबल भैरहबामा पर्ने गर्दछ । सिदार्थ उद्योग बाणिज्यसंघका महासचिब कुलप्रसाल न्यौपाने भन्छन्, भन्सार प्रसाशनले सिमानामा कडाई नगर्दा बुटबल र भैरहबाका ब्यापारीलाई असर परेको छ । गत बर्ष सुनौलिबाट समान लिएर आउला १ सयको समानको पनि भन्सार तिर्नुपर्ने कारण किनमेल गर्न कम जाने गरेको भए पनि अहिले त्यो ब्यबस्था नभएको उनले बताए । सरकारको स्पस्ट नीतिको अभाब र उपभोक्तताको चेतनाको कमीका कारण नेपालमा गुणस्तरीय समान पाउंदापाउंदै सीमा क्षेत्र सुनौलीमा धाउनु आवश्यक नरहेको रुपन्देही उद्योग संघका महासचिव गणेश अधिकारी बताउंछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ