प्रधानमन्त्रीलाई दुई करोड दिन बिद्यार्थीहरुको चन्दा अभियान सुरु

५ चैत्र २०६८, आईतवार १०:२३ मा प्रकाशित

काठमाडौ, ५ चैत । माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई दुई करोड रुपैया सहयोगर्न आज बिभिन्न बिद्यार्थी संगठनहरुले ब्यांगात्मक चन्दा संकलन अभियानलाई तीब्रता दिएका छन । अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहाल सहितको टोलीलाई सरकारले लुम्बीनि देखि सगरमाथा सम्मको शान्ती पदयात्रा गर्न २ करोड दिएको बिरोधमा बिद्यार्थी संगठनहरुले चन्दासंकलन अभियान सुरु गरेको बिद्यार्थी नेताहरुले बताएका छन । नेपाल बिद्यार्थी संघका जीवलाल खरेलले बिहान आठ बजे देखि देश भरका क्याम्पसहरुमा चन्दा संकलन सुरु भएको जानकारी दिनुभयो ।
बिहान आठ बजेदेखि क्याम्पसहरुमा र दिउसो त्रिभुवन बिश्व बिध्यालयमा चन्दा संकलन गर्ने कार्यक्रम बिद्यार्थीहरुले राखेका छन । एमाले अखिलका अध्यक्ष माधव ढुंगेललले आफु गरिव जनताको पक्षमा भएको बताउने प्रधानमन्त्रीले जनता कै पसीना बाट उठेको कर दुरुप्रयोग गरेकाले प्रधानमन्त्री र प्रकाशका पिता प्रचण्डलाई चन्दा उठाएर रकम सहयोग गर्न ब्यांगात्मक चन्दा अभियान सुरु गरिएको जानकारी दिनुभयो भयो । आज दिन भर देश भरीबाट उठेको चन्दा प्रधानमन्त्री कार्यलय र प्रचण्ड निवास लाजीम्पार्टमा लगेर बुझाउने कार्यक्रम रहेको विद्यार्थी नेताहरुले जानकारी दिएका छन ।
हिजो विद्यार्थी नेताहरुले राजधानीमा बिरोध जुलुस निकाल्दै प्रधानमन्त्रीको पुत्ला जलाउदै बिरोध प्रर्दशन गरेका थिए । बिद्यार्थीहरुले सरकारले प्रचण्डका छोरा प्रकास दाहाललाई दुई करोड दिने निर्णय २४ घण्टा भित्र फिर्ता नलिए सरकार विरूद्ध शसक्त संघर्ष चर्काउने चेतावनी पनि दिएका छन ।
रकम दिएको बिरोधमा हिजो देशका मुख्य मुख्य शहरमा पनि विद्यर्थी तथा युवाहरुले चक्का जाम देखी पुत्ला दहन सम्मका विरोधका कार्यक्रम गरेका छन । बाँकेको  कोहलपुरमा विभिन्न विद्यार्थी संगठनहरुले  प्रधानमन्त्री डा. बाबुराम  भट्टराईको फोटो जलाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपतिसँग पहिलो पटक