आइजीपी नियुक्तिले सरकारको आयुमै असर गर्ने

२८ भाद्र २०६९, बिहीबार ०९:३५ मा प्रकाशित

काठमाडौं, २८ भदौ । प्रहरी महानिरीक्षकका लागि अतिरिक्त महानिरीक्षक रानाका पक्षमा गृहबाटै प्रस्ताव ल्याउनका लागि प्रधानमन्त्री बाबुराम भट्टराईले दिएको बुधबारसम्मको म्याद उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले बेवास्ता गरेपछि बिहीबारको मन्त्रिपरिषद् बैठकबाट कुवेरसिं रानालाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने ठाडो प्रस्तव प्रधानमन्त्रीका तर्फबाट ल्याएने सम्भावना बढेको बालुवाटार सुत्रले जनाएको छ । सरकारले बिहीबार दिनभरमा नयाँ आईजीपी नियुक्ति गर्नैपर्ने बाध्यता रहेकोले यस्तो अवस्था आइपरेको स्रोतको कथन छ ।शुक्रबारदेखि वर्तमान आईजीपी रवीन्द्रप्रताप शाह अनिवार्य अवकाशमा जाँदै छन् ।
गच्छदारले आईजीपीमा दोस्रो र तेस्रो वरीयताका एआईजीद्वय नवराज ढकाल वा भीष्म प्रसाईंमध्येबाट नियुक्त गर्न सोमबारदेखि लगातार गठबन्धनमा संलग्न मधेसी दलहरूको समर्थन लिन खोजिरहेका बताइन्छ भने तमलोपालगायतको समर्थन नभएपछि भने गच्छदार निराश बन्न पुगेका छन् ।
आईजीपी नियुक्ति विवादले सरकार गठबन्धन नै द्वन्द्वमा फसेको छ । गच्छदारले आफ्नो रोजाइको आईजीपी नभएमा गठबन्धन छाड्नेसम्मको चेतावनी दिँदै मधेसी दलहरूसँग लबिङमा लागेका थिए । यता सत्तारूढ सबैभन्दा ठूलो दल एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललेसमेत पहिलो वरीयता र व्यावसायिक छविका रानालाई नै आईजीपी बनाउन प्रधानमन्त्रीलाई समर्थन गर्ने भन्दै आएबाट गच्छदार थप असन्तुष्ट र निरास बनेको उनका निकटवर्तीहरुको भनाई रहेको छ ।
आइजीपी नियुक्तिको विषय सरकारको स्वाभाविक प्रक्रियाको विषय भए पनि यस विषयलाई जसरी उछालियो, यसबाट वर्तमान सरकारको आयुमाथि नै असर पार्ने सम्भावना भने ह्वात्तै बढाएको विश्लेषकहरुले टिप्पणी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौ १६ बाट गर्ने भएको छ । यो निर्धारित मितिभन्दा ९ दिन ढिलो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। पाँच पूर्वप्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्र होइन, महान्यायाधिवक्तामार्फत धम्क्याएको बताएका छन् । उनीहरूले शनिवार

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५)