एमाले असन्तुष्टहरुको यस्तो छ नयां पार्टीको रुपरेखा

२८ भाद्र २०६९, बिहीबार ०९:१९ मा प्रकाशित

काठमाडौं, २८ भदौ । पहिचानसहितको संघीयता स्थापनालाई तत्कालिक कार्यनीति बनाउँदै एमालेका असन्तुष्ट नेतहरुले समाजवादी विचारधारा बोकेको पार्टी निर्माणको तयारी गरिएको दाबी गरेका छन् । संघीय समाजवादी पार्टी नाम तय गरिएको प्रस्तावित पार्टीको राजनीतिक कार्यक्रम समेत उनीहरुले छलफलमा ल्याएका छन् । पार्टीको नारा संघीयतासहितको समाजवाद तय गरिएको छ ।
प्रस्तावित पार्टीको तत्कालिक कार्यनीति एकल जातीय पहिचानसहितको संघीयता स्थापना गर्नु हुनेछ । त्यसका लागि खसान प्रदेशसमेतलाई प्राथमिकता दिँदै संविधानसभामा तय गरिएको १४ प्रदेशको अवधारणामै जोड दिने प्रस्ताव गरिएको एक नेताले जनाए ।
प्रस्तावित राजनीतिक प्रस्तावमा एमाओवादी र माओवादीलाई परिवर्तनकामी शक्ति मानिएको छ भने एमाओवादीलाई ढुलमुले र माओवादीलाई चाहिं जडसूत्रवादी भनेर चित्रित पनि गरिएको छ । कांग्रेस र एमालेलाई यथास्थितिवादी, राप्रपा, राजपा, राप्रपा नेपाललगायतलाई पुनरुत्थानवादी र मधेसी दलहरू कम सुधारवादी भएको चित्रण गरिएको छ । यी कुनै शक्तिबाट आमूल परिवर्तन नहुने भएकाले ‘आमूल परिवर्तनकारी शक्ति’ का रूपमा नयाँ पार्टी आवश्यक परेको उनीहरूको निष्कर्ष निकालिएको छ ।
यसअघि डा. चैतन्य सुब्बाको संयोजकत्वमा प्रस्ताव गरिएको ‘सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी’ लाई समेत यसैमा सहभागी गराएर लैजाने कोसिस गरिएको बुझिएको छ । सुब्बा नेतृत्वको समूह पनि यसप्रति सकारात्मक भई दुवैतर्फका प्रतिनिधि सम्मिलित कार्यदलसमेत बनाइएको दाबी एमाले असन्तुष्ट नेताहरुले गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च उचाई भएका स्थानहरूबाट नाग्कु शहरमा कूल १७ हजार ५५५ व्यक्तिलाई टाढा सारिने तिब्बती

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

आजको प्रमुख समाचार