अदालतको अवहेलना गरेकोमा पत्रकारहरुलाई पक्राउ पुर्जी

२८ भाद्र २०६९, बिहीबार ०९:०१ मा प्रकाशित

पर्सा, भदौ २८ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्यलगायत पर्साका १३ जना पत्रकारलाई अदालतको अपहेलनाको अभियोगमा पर्सा जिल्ला अदालतले आज पक्राउ पूर्जी जारी गरेको छ।

आफू अनुकूल फैसला नभएको भन्दै भदौ २५ गते केन्द्रीय सदस्य महेश दासको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले अदालत परिसरमा तोडफोड गर्नुको साथै न्यायाधीशहरुलाई गालीबेइज्जती गर्दै अदालतको अपमान गरेको भन्दै पर्सा जिल्ला अदालतले घटनामा संलग्न १३ जना सञ्चारकर्मीको नाममा पक्राउ पूर्जी जारी गरेको हो।

अदालत परिसरमा तोडफोड तथा गालीबेइज्यती गरी अदालतको अवहेलना गरेको अभियोगमा अदालतले नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् मध्यमाञ्चल संयोजक महेश दास, महासङ्घ पर्साका सल्लाहकार कृषचन्द्र लामिछाने, प्रेस चौतारी पर्साका अध्यक्ष श्याम बन्जार, महासङ्घका सदस्य गोविन्द देवकोटा, श्रीराम रायमाझी लगायत १३ जनालाई पक्राउ गर्न सम्मानित अदालतले पक्राउ पूर्जी जारी गरेको नेपाल बार एशोसिएसन पर्साका अध्यक्ष विनय सिंहले जानकारी दिए।

महासङ्घ पर्सा शाखाको अध्यक्ष आफू भएको भन्दै कृष्णचन्द्र लामिछानेले पत्रपत्रिकामा शुभकामना प्रकाशित गराएपछि उत्पन्न विवाद समाधानको लागि महासङ्घ पर्सा शाखाका अध्यक्ष अशोक तिवारीले दिएको मुद्दाको सुनुवाइको क्रममा आफू अनुकूल फैसला नभएको भन्दै लामिछाने पक्षधर पत्रकारले अदालत परिसरभित्रै तोडफोड, कर्मचारीलाई हातपात गर्नुको साथै न्यायाधीशहरुलाई गालीबेइज्जति गरेको अभियोग उनीहरुलाई लगाइएको छ।

पत्रकारले अदालत परिसरमा देखाएको उच्छृङ्खलताको विरोधमा अदालत कर्मचारी सङ्घ पर्साले मङ्गलबार १ बजेसम्म अदालतको सम्पूर्ण कामकाज ठप्प पारेको थियो भने बार पर्साले कुनै पनि वहस तथा सुनुवाइमा मङ्गलबार कानुन व्यवसायीलाई सहभागी हुनबाट रोक्दै दोषीलाई कारवाहीको माग गरेको थियो। रासस

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमाले(नेकपा)को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या