वेलायतमा दश नेपाली सम्मानित

२७ भाद्र २०६९, बुधबार २२:०९ मा प्रकाशित

चिरन शर्मा, वेलायत । ब्रिटेनस्थित नेपाली समुदायलाई योगदान पुर्याएर गत वर्ष चर्चामा रहेका दशजना व्यक्तित्वहरुलाई नेपाल ब्रिटेनडटकमले एउटा समारोहबीच सम्मान गरेको छ ।

सोमबार बेलुका इलिङ ब्रोडवेस्थित हङ्ग्री यति रेष्टुरेण्टमा आयोजित एक कार्यक्रममा नेपाल ब्रिटेनडटकमका निर्देशक चीरन्जीवी ढकाल तथा वेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले सम्मानित व्यक्तित्वहरुलाई खादा ओढाइ सम्मान गर्नुभएको थियो ।
त्यस्तै बीबीसी नेपाली सेवाका प्रमुख एवं हेल्प नेपाल नेटवर्कका संस्थापक अध्यक्ष रवीन्द्र मिश्रले उहाँहरुलाई पुष्पगुच्छा प्रदान गर्नुभएको थियो । नेपाल ब्रिटेन डटकमले हालै गरेको एक सर्वेक्षणका आधारमा विभिन्न संचार माध्यम तथा सोसियल मिडियामा सबैभन्दा बढी चर्चामा आएका दश जनाको नाम सार्वजनिक गरेको थियो । जसमा मिस नेपाल २०१२ सुश्री श्रृष्टि श्रेष्ठ, समाजसेवी डम्बर घले एमबिइ, बेलायतकालागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे, गोर्खा अभियानकर्ता ज्ञानराज राई, सोलिसिटर राजु थापा, समाजसेवी सूर्य गुरुङ, गायक विवेक श्रेष्ठ, तमुधि यूकेका अध्यक्ष मुछेत्र गुरुङ, मिस नेपाल यूकेकी संस्थापक शान्ति गुरुङ तथा व्यवसायी नरेन्द्र कंडेल छन् ।

वरिष्ठ कलाकार मदन थापाद्वारा मंगल धुन प्रस्तुत गरेपछि शुरु भएको कार्यक्रममा बोल्दै नेपाल ब्रिटेन डटकमका निर्देशक चीरन्जीवी ढकालले ब्रिटेनमा नेपाली समुदायको संख्या र बढ्दो गतिविधिलाई समेट्ने उद्देश्यले पाँच वर्षअघि नेपाल ब्रिटेन डटकम शुरु गरिएको बताउनुभयो । उहाँले सम्मानित व्यक्तित्वहरुलाई बधाइ दिंदै आगामी दिनमा पनि उहाँहरुबाट बेलायतस्थित नेपाली समुदाय र नेपाल लाभान्वित भइरहने विश्वास व्यक्त गर्नुभयो ।

गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष तथा नेपाल ब्रिटेन डटकमका महाप्रबन्धक कुल आचार्यले गैरआवासीय नेपाली संघ र विदेशमा रहेका नेपाली संघसंस्थाहरुद्वारा थालिएका अभियानहरुलाई अत्याधुनिक प्रविधि प्रयोग गरी पाठकहरु सम्म पुर्याउन नेपाल ब्रिटेन डटकम अग्रणी स्थानमा रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस अनलाईन संचारमाध्यमलाई लोकप्रिय र विश्वसनीय बनाउन सबैको सुझाव तथा सहयोगकालागि आग्रह गर्नुभयो ।

सम्मानित व्यक्तित्व तथा बेलायतकालागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले समाजको विभिन्न क्षेत्रमा योगदान पुराएका व्यक्तित्वहरुको सम्मान गर्ने नेपाल ब्रिटेन डटकमको प्रयास प्रशंसनीय र सह्रानीय छ भन्नुभयो । उहाँले आफू नेपाल सरकारले खटाएको एक अधिकारी भएकाले बेलायतमा नेपालको हित प्रबर्द्धन गर्नु तथा यहाँ रहेका नेपाली समुदायको सेवा गर्नु आफ्नो कर्तव्य भएको बताउनुभयो । उहाँले तन, मन र धनले प्रवासमा नेपाली समुदायको सेवा गर्दै आउनुभएका सबै व्यक्तित्वहरु निश्चय नै प्रशंसाका हकदार हुनुहुन्छ भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहनुभएका डा सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।

काठमाडौं । सामाजिक अभियानकर्मी डा विष्णुमाया परियारका बारेमा विश्वव्यापी कलेजका पाठ्यपुस्तकमा पढाइ हुने भएको छ । अमेरिकी प्रकाशक म्याकग्रो हिलले

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’