प्रहरीमा राजनीतिक हस्तक्षेप भएकोमा पूर्व प्रशासकद्धारा दुःखव्यक्त

२७ भाद्र २०६९, बुधबार १९:०३ मा प्रकाशित

काठमाडौं, २७ भदौ । प्रधानमन्त्री र गृहमन्त्रीले प्रहरी संगठनलाई आफ्नो व्यक्तिगत संगठन ठानेकाले आईजिपि नियुक्तिमा राजनीतिक हस्तक्षेप भएको भन्दै पूर्व प्रसासकहरुले दुख व्यक्त गरेका छन ।
राजधानीमा आयोजित अन्तरकि्रयामा पूर्व प्रसासकहरुले प्रहरी संगठनलाई राजनीतिबाट अगल राख्नुपर्ने धारणा राख्दै वर्तमान सरकारले कर्मचारी तन्त्रलाई उपनिवेश वनाउन चाहेको आरोप लगाए । पूर्व गृह सचिव उमेश मैनालीले आईजिपि कसैको व्यक्तिगत नभई कानुनको मान्छे भएपनि निहित स्वार्थका लागी राजनीति गर्न खोज्दा वेथिति भित्रिएको बताउनुभयो ।
यस्तै पूर्व आईजिपि धुव्रबहादुर प्रधानले पदोन्नतिको प्रकृया कसैले पनि मिच्न नमिल्ने भन्दै अहिले भाईरहेको आईजिपि प्रकरणले प्रहरी संगठन भित्र राम्रो सन्देश नजानेप्रति सचेत गराउनुभयो ।
कार्यक्रममा पुर्व गृह सचिव खेम राज रेग्मी पूर्ज एआईजी अनन्तराम भट्टराई पूर्व एसएसपी बसन्त कुवर लगाएतले प्रसासकहरुलाई राजनीतिक ट्यागभन्दा टाढा राख्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक