कांग्रेसका नेताहरुको दाहाललाई दवाव

२७ भाद्र २०६९, बुधबार १८:५८ मा प्रकाशित

काठमाडौं, २७ भदौ । भदौ भित्रमा सहमति गर्ने नेताहरुका बीचमा भएको सहमति अनुसार दलहरुसंग वार्ता हुन नसकेपछि नेपाली कांग्रेसका नेताहरुले एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर सहमतिका लागि दवाव दिएका छन ।
एकीकृत माओवादीका अध्यक्ष दाहाल निवास लाजिम्पाटमा पुगेर कांग्रेस नेताहरुले तत्काल सहमतिका लागि पहल थाल्न आग्रह गरेका थिए । उनिहरुले संविधानका बिवादीत बिषयमा सहमति हुन नसके संविधान सभाको पुनःस्थापनाको रटान मात्र लगाउन नहुने बताएका थिए । भदौ भित्रमा संविधानका अन्तरबस्तुमा सहमति गर्न नसके नयाँ निर्वाचनका बारेमा पनि छलफल थाल्नुपर्ने बताएका थिए । छलफलमा विहिवार देखि तीन दलको बैठक बसेर सहमतिको प्रयास थाल्ने सहमति भएको छ ।
छलफलमा माओवादीबाट अध्यक्ष दाहाल मात्रै सहभागी थिए भने कांग्रेसबाट वरिष्ठ नेता शेरहादुर देउवा उपसभापति रामचन्द्र पौडेल महामन्त्री द्धय कृष्ण सिटौला र प्रकाशमान िसंहको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । नेकपा (एमाले) झलनाथ खनाल र माधव नेपाल समूहले कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा तारा लामा, उपाध्यक्ष जीवन राज थापा,

काठमाडौं । नेकपा एमलेका नेता भीम रावलले तक्मामा चुच्चे नक्सा नराख्नुको कारणबारे प्रश्न उठाउनु भएको छ ।रावलले प्रधानमन्त्रीले यसबारे तुरून्त

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी