बाधा अड्काउ फुकाउने अध्यादेश जारी गर्न प्रधानमन्त्रीको सिफारिस

२७ भाद्र २०६९, बुधबार १८:५५ मा प्रकाशित

काठमाडौं, २७ भदौ । प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संसदीय सुनुवाई विना नै संवैधानिक निकाय र राजदूत नियुक्तीका लागि अन्तरिम संविधान बमोजिम बाधा अड्काउ फुकाउने आदेश जारी गर्न राष्ट्रपति डा। रामवरण यादव समक्ष सिफारिस गर्नुभएको छ ।
प्रधानमन्त्री भट्टराईले बुधबार अपरान्ह राष्ट्रपति भवन शितल निवास पुगेर बाधा अड्काउ फुकाउने आदेश जारी गर्न सिफारिस गर्नु भएको हो । केहि दिन अघिको मन्त्रीपरिषद बैठकले बाधा अड्काउ फुकाउने सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री भट्टराईले संवैधानिक निकायमा नियुक्ती र राजदुत नियुक्ती सम्बन्धी अध्यादेश जारी गर्न सिफरिस गरेको जनाएको छ । अन्तरिम संविधानमा संवैधानिक निकाय र राजदुतको नियुक्तीका लागि संसदीय सुनुवाई गर्नुपर्ने बैधानिक ब्यावस्था रहेको छ । प्रधानमन्त्री भट्टराईले अध्यादेश जारी गर्न सिफारिस गरेका सम्बन्धमा अध्यायन गर्ने जनाकारी गराउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न