बैद्य पक्षले आफ्ना विरुद्ध आन्दोलन घोषणा गरेपछि संस्थापन पक्ष आन्तरिक छलफलमा

५ चैत्र २०६८, आईतवार १०:२० मा प्रकाशित

काठमाण्डौ, ५ चैत्र । माओबादीको बैद्य पक्षले पार्टीको संस्थापन पक्ष र सरकारका विरुद्धमा संघर्षका कार्यक्रमहरु घोषणा गरेपछि संस्थापन पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका छन।
संस्थापन पक्षले बैद्य पक्षका नेताहरुले पार्टी हित विपरित अराजक क्रियाकलाप देखाएको ठहर गर्दै उनिहरु प्रति गर्ने व्यवहारका बारेमा आन्तरि परामर्श गरेका हुन ।
आफ्नो नेतृत्वको सरकारका विरुद्धमा आफ्नै पार्टीको एउटा समुहले आन्दोलन घोषणा गरेपछि प्रधानमन्त्रीले पनि आज विहानै देखि बालुवाटारमा परामर्श गर्नु भएको प्रधानमन्त्री निकट श्रोतले जनाएको छ।
उहाले पार्टी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको टोलीलाई लुम्वीनि सगरमाथा यात्राका लागी २ करोड दिने निर्णयबाट भईरहेको आलोचनका बारेमा पनि छलफल गर्नु भएको श्रोतले जनाएको छ। प्रकाशलाई दिने भनिएको रकम नदिन पनि उहालाई केही सल्लाहकारहरुले सल्लाहपनि दिएका छन । तर केहीले भने आलोचना स्वभाविक भएको भन्दै निर्णयबाट पछि नहट्न दवाव दिएका छन । प्रधानमन्त्रीले आजै अध्यक्ष प्रचण्ड सहितका नेताहरुसंग पनि परामर्श गर्ने उहाका सहयोगीले जानकारी दिएका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनी शनिबार दिउसो ४ः ०० बजे

काठमाडौं । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसक्नुपर्छ

काठमाडौँ । भारतीय राजदूत नविन श्रीवास्तव आज काठमाडौंँ आउने भएका छन् । श्रीवास्तव आज अपरान्ह ४ बजे काठमाडौं आउन लागेका

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजनका क्रममा एमालेमै बसेका १० स्थायी कमिटी सदस्यहरुलाई दासको संज्ञा दिएका