रुपन्देहीमा ब्लड कम्पोनेन्ट मेशिन संचालनमा

२७ भाद्र २०६९, बुधबार १७:१० मा प्रकाशित

चन्द्रकान्त खनाल, २७ भदौ । रुपन्देही करिब १ वर्षदेखि बुटवलको रक्तसंञ्चार केन्द्रमा प्रयोगविहीन अवस्थामा थन्किएको व्लड कम्पोनेन्ट मेशिन संचालनमा आएको छ । २४ औं घण्टा विधुत(डेडिकेटर फिडर) नभएपछि एक वर्ष सम्म प्रयोग विहिन बनेको ५० लाख बराबरको मेशिन सञ्चालनमा आएपछि सरोकारवाला तथा सर्वसाधारण हौसिएका छन् ।
बि.स. २०६८ असोज छ गते विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ)को आर्थिक सहयोगमा नेपाल सरकारले स्वास्थ्य मन्त्रालय अन्तरर्गत एन.पी.एच.ले रक्तसञ्चार केन्द्रलाई उक्त मेशिन प्रदान गरेको थियो । दुर्घटनामा धेरै रगत बगेपछि घाइतेको ज्यान बचाउनको लागि उपचारमा चाहिने प्लाज्मा, सेता रक्तकोष, राता रक्तकोष तथा प्लेटेलेसको अभावको कारण सयौ बिरामीहरुले अब भने काठमाडौं धाउनु पर्दैन । उक्त संञ्चार केन्द्र बुटवलका संयोजक प्रेमलाल उदासले भने । पश्चिमाञ्चल क्षेत्रमै पहिलो पटक बुटवलमा यो मेसिन संञ्चालनमा आएको हो ।
यस क्षेत्रका नागरिकहरुले उपचारको लागि चाहिने सेतो र रातो रक्तकोष तथा प्लेटलेस र प्लाज्माको लागि दुःख पाउनुपर्दैन । विभिन्न किसिमका विरामीलाई आवश्यक पर्ने रगतका तत्वहरु उत्पादन गर्नका लागि यो मेशिन अति नै महत्वपूर्ण हुन्छ । मेशिनले मानिसको शरिरबाट लिएको रगतबाट प्लेटले्स, एफ.एफ.पी., क्रायो, प्लेटलेट कन्सन्टेसन, वफिकोट, ट्याक्सिल लगायतका तत्वहरु आवश्यक अनुसार कन्भर्ट गर्ने काम हुने रक्तसञ्चार केन्द्र बुटवलका संयोजक प्रेमलाल उदासले बताए ।
नेपाल रेडक्रस रुपन्देही शाखाद्धारा संञ्चालित रक्तसञ्चार केन्द्र बुटवलमा विद्युत प्राधिकरणले तिनाउको लाईनबाट डाइरेक्ट डाईन डेडिकेटेड फिडर उपलब्ध गराएपछि सो मेसिन ईन्स्टलेशन गरिएको हो । ३ वटा कम्पोनेन्ट राता रक्तकोष, सेता रक्तकोष र प्लेटलेस्हरु बनाईसकेपछि ७२ घण्टा भित्र प्रयोग गरिसक्नुपर्ने छ । सोही अवसरमा विद्युत नियमित बनाउनका लागि केन्द«मा ट्रान्सफर्मर जडानका लागि एमवि विश्वकर्माले २ लाख चेकमार्फत हस्तान्तरण गरेका थिए ।
मेसिन सञ्चालनपछि डेंगु ज्वरोको उपचार बुटवलमै संभव हुनेछ । बुटवलमा डेंगुको उच्च जोखिम रहेको बेला यो मेशिन संचालनले सबैलाई फाईदा हुने अपेक्षा गरिएको छ । त्यस्तै दुर्घटनाबाट धेरै रगत बगेको कारण अकालमै मृत्यू हुनबाट बचाउन सकिने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा ‘फाइभजी’ सेवा चाँडै नै परीक्षण गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

काठमाडौँ । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ

जापानी अर्बपति युसाकु मेजावाले चन्द्रमा भ्रमण गर्नका लागि आठ जना सर्वसाधारणको खोजी गरिरहेका छन् । मेजावाले आफ्नो ट्वीटर अकाउन्ट मार्फत