कांग्रेस संविधानसभा पुनःस्थापनाको विपक्षमा जाने संकेत

२७ भाद्र २०६९, बुधबार १७:०५ मा प्रकाशित

काठमाडौं, २७ भदौ । एमाओवादी अध्यक्ष प्रचण्डले संविधानसभाको पुनःस्थापनामा रहश्यमयी ढंगले ढिपी गर्न थालेपछि नेपाली कांग्रेसले संविधानसभा ब्युंताउने पक्षमा आफ्नो बचेखुचेको सम्भावनाको अन्त्य गरिदिएको छ । पुनःस्थापना गर्न सहमतिका साथै संवैधानिक जटिलता समेत रहेको र नयां निर्वाचनले मात्र मुलुकको निकास दिने बताएर नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आज पोखरामा कांग्रेस संविधानसभा पुनःस्थापनको विपक्षमा रहेको जनाउ दिएका हुन् ।
धौलागिरि अञ्चलका तीन जिल्लाका कार्यक्रम सकाएर कास्की पुगेका सभापति कोइरालाले नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा कांग्रेस नयाँ निर्वाचनको पक्षमा रहेको स्पस्टोक्ति दिए । माओवादीको फेरि पनि संविधानसभाबाट सत्ता कब्जा गर्ने नियत देखिएको प्रस्ट्याउंदै कोइरालाले ‘पुनःस्थापना गर्ने भए विघटन किन गरेको ?’ भन्ने प्रश्न माओवादीतर्फ तेस्र्याए । उनले माओवादी र मधेशी मोर्चाको विश्वास नभएको पनि बताए ।
सहमतिका लागि माओवादीले पहिला सरकार छाड्नुपर्मार्छ भन्दै उनले माओवादीसँग पुनःस्थापनाको ग्यारेण्टी पनि नभएको औ्रल्याए । पुनःस्थापना गर्न अदालतको राय के हुन्छ, राष्ट्रपतिले के भन्छन् भन्ने अन्योल बढ्ने जनाउंदै उनले भने, ‘नयाँ निर्वाचन नै समाधान हो ।’

 

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री