भारतमा कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी

९ असार २०७८, बुधबार ०८:२६ मा प्रकाशित

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको स्वास्थ्य मन्त्रालयले डेल्टा भाइरसको नयाँ म्युटेन्ट खतरनाक हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

स्वास्थ्य मापदण्ड अपनाए तेस्रो लहरलाई रोक्न सकिने स्वास्थ्य अधिकारीले बताउँदै आएका छन् । भारतको महाराष्ट्र, केरला र मध्य प्रदेशमा नयाँ भेरियन्टका बिरामी भेटिएकाले सचेत हुन भनिएको छ ।

भारतमा डेल्टा भेरियन्टकै कारण कोरोनाको दोस्रो लहर फैलिएको त्यहाँ विज्ञले बताउँदै आएका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि भारतमा अहिले १८ वर्ष भन्दा माथिका सबै नागरिकलाई खोप लगाउने अभियान शुरु भैसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

जिल्लामा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपतिसँग पहिलो पटक