भारतमा एकैदिन ८० लाखलाई खोप

८ असार २०७८, मंगलवार ०८:४६ मा प्रकाशित

भारतमा एकैदिन ८० लाख मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । एकैदिन यतिधेरै संख्यामा खोप लगाइएको अहिलेसम्मकै पहिलो घटना भएको अधिकारीहरुले दावी गरेका छन् ।

खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको भारतले सोमबार मात्रै ८० लाखलाई खोप लगाएको हो । भारतले १८ बर्षसम्मका सवैलाई खोप लगाउने अभियान सोमबारबाट सुरु गरेको हो ।

यसैबीच विश्वका धेरै गरिब देशहरुमा जारी खोप साझेदारी अभियान कोभ्याक्स अगाढी बढाउन पर्याप्त मात्रमा खोप नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

डब्ल्यूएचओका वरिष्ठ सल्लाहकार डाक्टर ब्रुस ऐलवर्डका अनुसार कोभाक्स कार्यक्रम अन्तर्गत हालसम्म १३१ देशमा ९ करोड मात्र खोप उपलब्ध गराई सकिएको र यो एकदमै थोरै जनसंख्यामा मात्र पुगेको छ ।

अफ्रिकाका केही राष्ट्रहरूमा संक्रमणको तेस्रो लहर देखिएकोले खोप अभाव भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । टोखा नगरपालिकामा कोरोना खोप कार्यक्रम पुनः सञ्चालन गरिएको छ । यही साउन १६ गते बिहान ६:१५ बजे ग्राण्डी

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा

कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुनुहुन्छ । उहाँको चार महिनाको बच्चा छ । सुत्केरी भएको दुई महिना बिदा सकेर

सिन्धुपाल्चोक । मेलम्ची खोलाको मुहान क्षेत्रको तस्वीर र श्रव्यदृश्य हेर्दा ठूलो मात्रामा गेग्य्रान थुप्रिएको छ । ठाउँठाउँ पटपटी फुटेर खस्न