भन्सार छलेपछि आधा करोड जरिवाना

२७ भाद्र २०६९, बुधबार १५:१६ मा प्रकाशित

विराटनगर भदौ २७ । भन्सार छलेको भन्दै  सुनसरीको नरसिहस्थित सि म्याक्स फुड प्रालिलाई करिब आधा करोड रुपैंया जरिवाना गरिएको छ । कम्पनीले मासु निर्यात गर्ने भन्दै जडिबुटीको अबैध कारोबार गरेका कारण कारबाही गरिएको हो ।
तेस्रो मुलुकमा  तयारी मासु निर्यात गर्दै आएको कम्पनीले मासु लैजाने कन्टेनरमा जडिबुटि लाने गरेको पत्ता लागेपछि ४६ लाख ५८ हजार २ सय ६० रुपैया जरिवाना गरिएको  हो । प्रज्ञापनपत्रमा दुवै वस्तु उल्लेख भएपनि त्यसको वैधानीकता नभएकाले कारवाही गरिएको भन्सार कार्यालय विराटनगरले जनाएको छ ।  भन्सार ऐन ०६४ को दफा ५७ अनुसार विगो वरावरको जरिवना सहित  कम्पनीलाई जरिवाना गरिएको भन्सार कार्यालय विराटनगरका प्रमुख विनोदवहादुर कँुवरले जानकारी दिए ।
कम्पनीका प्रतिनिधि हि ग्यु सागले भन्सार कार्यालयमा उपस्थित कार्यालयले तोके बमोजिमको जरिवाना तिरेका हुन् । त्यस्तै भन्सार कार्यालयले अबैधरुपमा तेस्रो मुलुक निर्यातका लागि ठिकक पारिएको जडिवुटी र सुकुटी मासु समेत वरामत गरेको  छ । भन्सार कार्यालयले  दश चक्के कन्टेनरमा ४ हजार ३ सय ४५ किलोग्रामको ७९ बोरा सतुवा बरामद गरेको हो ।  मासुको कन्टेनरमा जडिबुटी रहेको सुचनाका आधारमा बिराटनगर भन्सार कार्यालयले जाँच गर्दा ठुलो परिमाणमा ुसतुवाु नामक हिमाली जडिबुटी भेटिएको थियो  । चिनियाँ कम्पनीको  लगानीमा संचालित नरिसंह गाविस १ मा रहेको सि म्याक्स फुड प्रालिले भारत हुँदै तेस्रो मुलुकमा जडिबुटि निर्यात गर्दै आएको पनि अनुसन्धानका क्रममा पत्ता लागेको थियो ॥

प्रतिक्रिया
सम्बन्धित खवर

भादगाउँ । सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट शुरु हुँदैछ । यो जात्रासँगै भक्तपुर नौ दिन

भक्तपुर । बिस्केट जात्रा नजिक आएपछि भक्तपुर नगरपालिकाले घरघरमा पुगेर स्थानीयवासीलाई स्यानिटाइजर, साबुन र मास्क वितरण शुरु गरेको छ ।

काठमाडौं । गृह–मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित २६ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको

कोभिड–१९ महामारीका कारण शिथिल बनेको मुलुकको पर्यटनलाई चलायमान बनाउन नेपाल र कतारबीच पर्यटन प्रवद्र्धनका लागि सहकार्य हुने भएको छ ।