प्रहरी जवानको संलग्नतामा लुटपाट

२७ भाद्र २०६९, बुधबार १५:०७ मा प्रकाशित

ध्रुव भट्टराई, विराटनगर , २७ भदौ ।
केही साताअघिमात्रै विराटनगरका टोले दादा र गुन्डा तह लगाउन प्रहरी परिचालन गरेको भनेर पत्रकार सम्मेलन गरेको विराटनगर प्रहरीले फेरि एउटा यस्तो पत्रकार सम्मेलन गर्दै भन्यो विराटनगरका दुई ठूला घराना परिवारमा भएको लुटपाटमा जिल्ला प्रहरी कार्यालय मोरङकै प्रहरी जवानको संलग्नता छ र लुटपाटका लागि उसले कार्यालयबाट बिदा नै लिएर बसेका थियो ।
विराटनगरमा शान्ति सुरक्षा सुव्यवस्थित बनाउन लागिपरिरहेको बताउने मोरङ प्रहरी एक जना प्रहरी जवानका कारण यतिखेर लज्जित भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा गरिएको पत्रकार सम्मेलनमा विराटनगरमा घरानामा भएको लुटपाटमा आफ्नै प्रहरी जवानको संलग्नता भएको घटना सार्वजनिक गरिएको हो । <br>
जिल्ला प्रहरी कार्यालय मोरङको कन्ट्रोल रुम भेइकल सिआरभि मा कार्यरत प्रहरी जवान सुनसरी औरावनी वडा नम्बर ४ का २४ वर्षीय गौतम माझी डकौती कार्यमा संलग्नता भएको पाइएको हो । प्रहरीले मामुीसहित  औरावनी वडा नम्बर ३ की ३४ वर्षीया श्रीषा चौधरी औरावनी वडा नम्बर ६ का २५ वर्षीय मख्खन भनिने निषनारायण माझी  औरावनी वडा नम्बर ५ का २५ वर्षीय इन्द्रजित यादव र विराटनगर वडा नम्बर १६ का २६ वर्षीय राजन कामतलाइृ सार्वजनिक गरेको थियो । उनीहरुको साथबाट प्रहरीले चोरी डकैतीमा प्रयोग गरेका हतियार अटोमेटिक जर्मन पेस्तोल एक थान नलकटुवा पेस्तोल एक थान  त्यसमा लाग्ने गोली एक राउण्ड तथा चोरी गरेका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक निरजबहादुर शाहीले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुको साथवाट प्रहरीले चोरी गरेका सामानहरु ल्यापटप  मोवाइल निकोन मल्टी क्यामरा डिभिडी मुभि क्यामरा सुनचाँदीका गरगहना मोटरसाइकल बरामद गरेको छ । लुटपाटका कि्रयाकलापमा प्रहरीनै संलग्न हुन थालेपछि सुरक्षामा गम्भीर चुनौती आएको बताउँदै प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले नागरिकलाई सुरक्षा दिन थप कटिवद्ध रहने र लुटपाट नियन्त्रणको प्रयास गरिने बताउनु भयो ।
लुटेरा समूहले एक साताअघि विराटनगर वडा नम्बर ६ शान्तिचोकका कुलचन्द भनिने नातिबाबु रिजाल र विराटनगर वडा नम्बर ४ का साजय भनिने हितेन्द्र अग्रवालको घरमा डकैती गरेका थिए । मोरङ प्रहरीले विराटनगरमा शान्ति सुरक्षाका लागि विशेष टोली परिचालन गरेकै बेला ठूला घटनामा प्रहरी जवानको संलग्नता भेटिएको पाइएको हो । प्रहरीका अनुसार लुटपाट हुनु भन्दा केही दिनअघि प्रहरी जवान गौतम माझीले कार्यालयमा बिदा लिएका थिए भने लुटपाटको दुई दिनपछि कार्यालय हाजिर भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ