बाँधिएको छ भने किन बसिराख्ने ; पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द

२७ भाद्र २०६९, बुधबार १५:०३ मा प्रकाशित

मुलुकको राजनीतिलाई कसरी विश्लेषण गर्नुभएको छ ?
कुरो सबैले बुझेकै छन्, कुरो नबुझेको भए यसरी हुने भन्नु हुन्थ्यो । तर बुझेर बुच पचाएको छ, त्यसकारण यसको निकास निस्कन गाह्रो हुन्छ । तै पनि वार्ता भइरहेको छ, यसलाई सकरात्मक रुपमै लियौं, निकास निस्केला ।
कसरी निकास निस्केला ?
एकले अर्कोलाई अविश्वास गरेको छ नि, त्यो हट्नु पर्‍र्यो पहिलो कुरा त्यो हो । अर्को कुरो प्रोपोगण्डा गरेर अर्कालाई तला पार्ने, एकले अर्कामाथि दोष थुपारेर हामी काहिँ पुग्दैनौं । सबैभन्दा ठूलो आफ्नो अहममा, अथवा आफ्नो गुट या पार्टीभन्दा पनि मुलुकतिर एकै छिन सबैले ध्यान दिइयो भने मिनेटमै समस्या समाधान हुन्छ ।
त्यस्तो दुदर्शी नेता नेपालमा छन् ?
त्यसकै अभाव भएको हुनाले मुलुकले दु:ख पाइरहेको छ ।
बीपी कोइरालाजस्तो दूरदर्शी नेता भएको भए मुलुकले पार पाउँथ्यो भन्छन नि ?
हो, यो कुरा ठीक हो । जुन कुराले मुलुकको हित हुने हो, त्यो चाहे अरुले मन पराउन या नपराउन त्यसमा भनेर अगाडि  बढिहाल्ने । नेता कस्तो चाहियो भने कुरा यो सत्य हो, म हिँडे मेरो पछि आउनुहोस् भन्नु त्यो नेतृत्वको खुबी हो । अब अहिले कोही हुन्छ जस्तो गरेर बेलाबेलामा देखिएको थियो । तर कसैले पनि नेतृत्व लिएर अगाडि बढ्न सकेन । अब अहिले जता हल्ला हुन्छ, उत्तैपटि तुरुन्तै झुकिहाल्ने नेतृत्व भएपछि त्यसलाई के भन्ने ?
नेतृत्वले प्रष्टरुपमा आफूलाई अगाडि बढाउन सकिरहेका छैनन होइन ?
हो । मनमा एउटा कुरा भए पनि बाहिर अर्को थोक अभिव्यक्त हुन्छ ।
किन यस्तो हुन्छ ?
दुरदर्शी नेतृत्व भएन । मुलुकको हित अहित नहेरेर व्यक्तिगत स्वार्थ हेरिन्छ । दुई चार दिनमा बनाउन सक्ने कुरा पनि होइन, नेतृत्व । अर्को कुरा जनताको विश्वास विस्तारै घुम्दै गइरहेको अवस्था छ । श्रद्धाले मुलुकको मन जित्न सक्ने नेतृत्व निस्केला भन्ने उमिद छैन ।
बीपी जस्ता महान् नेता कहिले जन्मेला यो मुलुकमा ?
त्यस विषयमा म के भविष्यवाणी गर्न सक्छु । सायद अर्को पुस्तामा हो कि ?
प्रधानमन्त्री बाबुराम भट्टराईसँग कत्तिको कुराकानी हुन्छ ?
कमै हुन्छ, उहाँ पनि धेरै गफ गरिरहने मान्छे होइन, म पनि होइन । सञ्चै छ कि छैन भन्नेसम्म हुन्छ । काहिलेकाहिँ सरसल्लाहका डाक्नुभयो भने कुरा हुन्छ ।
हात खुट्टा बाँधेको प्रधानमन्त्री भनेर भन्न खोजेको के हो ?
यो त हुन्छ नै, बाहिर हेर्दा जति सजिलो हुँदैन । प्रधानमन्त्री भएपछि पार्टीले सहयोग गर्छ, तर अरु निकाय पनि छन् । ती निकायले बोझमाथि थप बोझ थपिदिने गर्छन् । त्यहाँ बसिसकेपछि कठिनाइ त हुन्छ । हात फुकालेर काम गर्नुपर्छ कि हात फुकालिदिन अरुको आश गर्नुपर्छ ।
बाबुराम हट्नुपर्छ ?
माग भइरहेको छ, हात खुटा  ?

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, १९ बैशाख । विश्वमा कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको १ महिना भन्दा बढी भइसक्यो । यो एक महिनाको

निरोज कुमार थापा, काठमाडौँ, १० असार । सबै मानिसहरु आफ्नो कर्ममा सफल हुन्छन् भन्ने छैन । तर निरन्तरको लगाव, कामप्रतिको

पर्यटन प्रवद्र्धनका लागि सन् २०१७ बाट हरेक वर्ष हिमालय ट्राभल मार्ट आयोजना हुँदै आएको छ । यसवर्ष पनि जुन ६

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख ।  नेपालमा होमस्टेको इतिहाँस लामो छैन। यो अभियानले गति लिएको एक दशक पनि भएको