प्रचण्ड पुत्रलाई दुई करोड दिएको विरोधमा यूवा विद्यार्थी संगठनहरु आन्दोलनमा

५ चैत्र २०६८, आईतवार १०:१९ मा प्रकाशित

काठमाडौ, ५ चैत । सरकारले लुम्बिनी सगरमाथा आरोहण टोलीलाई दुई करोड रुपैँया दिने निर्णय फिर्ता लिन माग गर्दै बिभिन्न पार्टीका बिद्यार्थी तथा युवा सङ्गठनहरुले आज पनि विरोध जारी राख्ने भएका छन् । नेकपा एमाले सम्बद्ध भ्रातृ सङ्गठन युवा सङ्घ नेपाल र अनेरास्ववियुले राजधानी लगायतका देशभरका बिभिन्न स्थानमा प्रदर्शन तथा विरोध कार्यक्रम गर्ने तयारी गरेका छन् भने काङ्ग्रेस निकट बिद्यार्थी सङ्गठन नेवि संघले पनि राजधानीका सरकारी क्याम्पस अगाडि आज प्रदर्शन गर्ने जनाएको छ । प्रदर्शनसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश सम्मिलित सगरमाथा आरोण टोलीले बजेट नपुगेको बताएकोमा व्यङ्ग्य गर्दै प्रति बिद्यार्थी १ रुपैँया संकलन गरिने नेवि संघले जनाएको छ । आज साँझसम्म सरकारले आफ्नो निर्णय फिर्ता नलिए थप आन्दोलन गर्ने चेतावनी विद्यार्थी सङ्गठनहरुले दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली

काठमाडौं । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको