लिबियामा अमेरीकी दुतावासमा आक्रमण

२७ भाद्र २०६९, बुधबार १४:५३ मा प्रकाशित

काठमाडौं, २७ भदौ । लिबियाको पूर्वी शहर बेन्घाजी रहेको अमेरीकी दुतावासमा भएको आक्रमणमा परी एक अमेरीकी अधिकारीको ज्यान गएको छ ।
हतियार सहित आएको व्यक्तिले दुतावास रहेको भवनमा आक्रमण गर्दा अन्य एक अमेरीकी नागरीक घाईते अन्र्तराष्ट्रिय संचारमाध्यमले जनाएका  छन् । हतियार धारी मानिस एका एक दुतावास भवन भित्र घुसी आक्रमण सुरु गरेको बताईएको छ । घटनाको पुष्टी गदै अमेरीकी बिदेशमन्त्री हिलरी क्लिनटले घटनाले आफुलाई मर्माहीत बनाएको बताएकी छन् । अनसर अल साहरीया नामको बिद्रोही समुह घटनामा सामेल भएको अनुमान गरीएको छ । दुतावासका अन्य कर्मचारी भने सुरक्षित रहेको बताईएको छ । यसैबीच अमेरीकामा पैगम्बर मोहम्मदको उपेक्षा हुने गरी चलचित्र निर्माण भएको बिरोध मङलबारबाटै लिबिया र इजिप्ट स्थित अमेरीकी राजदुतावास अगाडी पर्दश्ानहरु भएका थिए । कतिपय  ठाउमा अमेरीकी झण्डा समेत जलाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो