भारतिय काटुर्नीष्ट असिम त्रिबेदी जमानतमा रिहा

२७ भाद्र २०६९, बुधबार १४:४१ मा प्रकाशित

काठमाडौं, २७ भदौ । देशद्रोहको मुद्धा लगाउदै गत आईवार हिरासतमा लिइएका भारतिय काटुर्नीष्ट असिम त्रिबेदी जमानतमा रिहा भएका छन् ।
मङलबार मुम्बई हाईकोर्टले असिमलाई जमानतमा रिहा गर्न आदेश दिएपछि आर्थर रोड जेलबाट आज उनी रिहा भएका हुन् । काटुर्नीष्ट असिम त्रिबेदी बिरुद्ध आफ्ना कार्टुंनहरु मार्फत राष्ट्रिय चिन्ह्को अपमान गरको भन्दै देशद्रोहको आरोप लागेको थियो । यसअघि माहाराष्ट्रको अदालतले उनलाई जमानतमा छाड्न नसकिने जनाएको थियो । माहाराष्ट्रका गृहमन्त्री आर आर पटेलले उनी बिरुद्ध लागेको देशद्रोहको मुद्धा फिर्ता हुने बताएका छन् । लामो समय देखि राजनीतिक मुद्धामा काटुर्न बनाउदै आएका आसिमलाई न्याययिक हिरासतमा लिए पछि भारतिय संचारमाध्यम एवम् भारतिय प्रेस काउन्सीलले गम्भिर आपत्ति जनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ। अमेरिकी सञ्चार माध्यमले जनाएअनुसार वाल स्ट्रीट

रिकिविक । युरोपको इतिहासमा नै पहिलो पटक आइसल्यान्डको नयाँ संसदमा आधाभन्दा बढी सिटमा महिला सदस्य विजयी बनेका छन् । आइसल्याण्डमा

प्योङयाङ । उत्तर कोरियाका नेता किम जङ–अनकी बहिनी किम–यो–जङले दक्षिण कोरियाले उत्तर कोरियालाई हेर्ने ‘कटुतापूर्ण व्यवहारलाई’ परित्याग गरेमा सियोलसँग यसद्ध

वर्लिन । जर्मनीमा आईतबार सम्पन्न आमनिर्वाचनमा त्यहाँको प्रमुख विपक्षी सोसल डेमोक्रयाटिक पार्टी (एसपीडी) विजयउन्मुख भएको छ । एन्जेला मर्केलको सत्तारुढ