तत्काल सहमति हुन्न : खनाल

२७ भाद्र २०६९, बुधबार १४:३४ मा प्रकाशित

काठमाडौं, २७ भदौ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत माओवादी गम्भिरता नदेखाएकाले तत्काल दलहरु विच राजनीतिक सहमति हुने सम्भावना नरहेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपालले आज दाङको घोराहीमा गरेको पत्रकार सम्मेलनमा उहाँले एकीकृत माओवादीमा सत्ता केन्द्रीत सोच हावी भएकाले सहमतिका लागि बिपक्षी दलहरुले गरेको प्रयास अनिश्चित बनेको बताउनुभयो । उहाँले आफुहरु भदौ महिना भित्र राजनीतिक संकट समाधानका लागि लागेपनि एकीकृत माअेावादीले अहिले वार्ता समेत गर्न नचाहेको आरोप लगाउनुभयो । अध्यक्ष खनालले अहिले एकीकृत माओवादी वार्ताबाट भाग्न थालेकाले राजनीति सहमति हुनेमा अन्यौलता देखिएको बताउनुभयो ।
उहाँले एकीकृत माओवादीको सत्ता लिप्साका कारण माओवादीलाई सहमति भए सरकार छाड्नु पर्छ भन्ने डरले वार्ताबाट भागिरहेको खनालको आरोप थियो । केहि समय अघि दलहरु बचिमा भएको वार्तापछि नेताहरुले भदौ भित्र सहमति हुने बताएका थिए । अध्यष खनालले एकीकृत माअेावादीका अध्यक्ष पुष्पकमल दाहालको बोलीमा बिश्वास नभएको समेत आरोप लगाउनुभयो । उहाँले अध्यक्ष दाहालको बोली उडुवा भउको टिप्पणी समेत गर्नुभयो ।
अध्यक्ष खनालले राजनीतिक निकासको पहिलो सर्त वर्तमान सरकार भएको बतउदै देश र जनताको वेवास्ता गरेर सरकारले ब्रह्लुट मच्चाईरहकाले  सरकार परिवर्तनका लागि ससक्त कदम चाल्ने बताउनुभयो । अध्यक्ष खनाल एमालेकॊ जिल्ला अधिवेशन उद्घाटनका लागि दाङ पुग्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर