बन्द निर्धारित समय भन्दा २ घण्टा पहिले नै फिर्ता

२७ भाद्र २०६९, बुधबार १४:०० मा प्रकाशित

काठमाडौं, २७ भदौ । पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिको बिरोधमा बिद्यार्थी संगठहरुकाले आव्हान गरेको बन्द निर्धारित समय भन्दा २ घण्टा पहिले नै फिर्ता लिए । गणतन्त्रवादी नेता रामराजा प्रसाद िसंहको निधनमा शोक प्रकट गर्दैै बन्द आयोजकहरुले आज १२ बजे सम्मका लागि आव्हान गरिएको बन्द २ घण्टाका लागि छोट्याएका थिए । बन्द फिर्तासंगै बिहान १० बजे देखि यातायात सुचारु भएको छ । यसअघि बिद्यार्थीहरुले आव्हान गरेको बन्दका कारण राजधानीको जनजीवन प्रभावित भएको थियो । पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धि फिर्ता हुनु पर्ने माग राखेर चरणबद्ध आन्दोलन गर्दै आएका विभिन्न बिद्यार्थी संगठनहरुले पूर्व घोषित कार्यक्रम अनुसार चर्का नारावाजी सहित बन्द गराएका थिए ।
बन्द सफल बनाउन भन्दै बिद्यार्थीहरु बिहानै देखि राजधानीका चोक चोकमा उत्रिएका थिए ।  बन्दका कारण सार्वजनीक सवारी साधन कम मात्रामा चलेका थिए भने बजार र पसल पनि बन्द रहे । बन्दका त्रममा नीजि सवारी साधनहरु फाटफुट्ट चले । बन्द गराउदै हिडेका अनेरास्बियूका तीन जना कार्यकतालाई प्रहरीले राजधानीको गोंगबुबाट पक्राउ गरेको थियो । बन्दका क्रममा गोगंबु चोकमा बन्दकर्ता र प्रहरीबीच केहिबेर झडप समेत भयो । बन्दमा कुनै अपि्रय घटना नहोस् भनेर सरकारले चोक चोकमा ठूलो संख्यामा सुरक्षाकर्मि तैनाथ गरेको थियो ।  यस अघि बिद्यार्थी संगठनहरुले मुल्य बृद्धिको बिरोधमा मंगलबार साझ राजधानीका बिभिन्न स्थानमा राके जुलुस प्रदर्शन गरेका थिए । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य बृद्धि भएको भन्दै सरकारले गतसाता पेट्रोलमा प्रतिलिटर ५ रुपैया डिजेल र मट्टितेलमा प्रतिलिटर ४-४ रुपैया तथा खाना पकाउने एल पी ग्यासमा प्रतिसिडिन्डर ५५ रुपैयाले मृल्य बृद्धि गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ