‘म फर्केर आउँछु कि आउँदिन थाहा छैन तर पार्टी एक रहोस्’

२ असार २०७८, बुधबार १७:४३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री ओलीले एउटै फोनबाट खनालको स्वास्थ्य लाभको कमना गरेका छन् । दुई नेताबीच केहीबेर कुराकानी भएको थियो ।

खनालका स्वकीय सचिव अच्युत खनालका अनुसार हिजोका सबै तीता–मीठा बिर्सेर पार्टी एकता जोगाउनुस् प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । उनको भनाइ थियो, “म फर्केर आउँछु कि आउँदिन त्यो पनि थाहा छैन तर यो पार्टी एक रहोस् ।”

खनाल उपचारका लागि बुधबार नै नयाँ दिल्ली उडेका छन् । खनाललाई वैशाख १८ गते कोरोना पोजेटिभ देखिएको थियो । वैशाख २७ गते कोरोनामुक्त भएका थिए । तर, स्वास्थ्य समस्या भएपछि पुनः तीन दिनअघि अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

जिल्लामा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपतिसँग पहिलो पटक