थपिए २८२८ संक्रमित, ३०८२ संक्रमणमुक्त

२ असार २०७८, बुधबार १७:१३ मा प्रकाशित

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६८८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टीजेन गरी १३०२२ जनाको परीक्षणमा २८२८ जना संक्रमित भएका हुन् ।

सोही अवधिमा कोरोनाबाट ३०८२ जना संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ८८.५ प्रतिशत पुगेको छ । मन्त्रालयका अनुसार ५२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म नेपालमा ८५५८ जनाको मृत्यु भएको छ ।

उपत्यकामा पनि संक्रमण घटिरहेको छ । काठमाडौंमा ३५४, भक्तपुरमा ७९ र ललितपुरमा ६६ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

जिल्लामा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपतिसँग पहिलो पटक