उद्दार र राहतमा खटिन कार्यकर्तालाई सभापति देउवाको निर्देशन

२ असार २०७८, बुधबार ०९:३८ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरोले क्षति पुर्याएका स्थानमा उद्धार र राहतमा खटिन कार्यकर्तालाई निर्देशन दिएका छन ।

देशका विभिन्न क्षेत्रमा बाढीपहिरोले क्षति पुर्‍याएकाले तत्काल आ–आफ्नो क्षेत्रबाट उद्धार र राहतमा खटिन नेता तथा कार्यकर्ताहरुलाई सभापति देउवाले निर्देशन दिएका हुन।

आज बिहान सामाजिक सञ्जाल ट्विटर सन्देश जारी गर्दै सभापति देउवाले आवश्यक राहत प्याकेज घोषणा गर्न सरकारलाई समेत आग्रह गरेका छन् ।

देउवाले लेखेका छन्, ‘केही दिनदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा क्षति हुन थालेको छ । कठिन अवस्थामा नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरूलाई तत्काल आ–आफ्नो क्षेत्रमा उद्धार र राहतमा खटिन निर्देशन गर्दछु ।

सरकारलाई तत्काल विपदमा परेका जनतालाई उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरूलाई आवश्यक राहत प्याकेज घोषणा गर्न माग गर्दछु ।’

प्रतिक्रिया
सम्बन्धित खवर

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

जिल्लामा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपतिसँग पहिलो पटक