‘ए मेरो असफल मायालु’

२ असार २०७८, बुधबार ०९:३५ मा प्रकाशित

काठमाडौं । गायक हेमन्त शर्माको नयाँ गीत ‘ए मेरो असफल मायालु’ सार्वजनिक भएको छ ।

सोमबार गायक शर्माकै युट्युब च्यानलबाट सार्वजनिक गीतमा उनलाई गायिका एलिना चौहान साथ दिएकी छन् । गीतका शव्द तथा संगीत स्वयं शर्माकै छ । गीतलाई कृष्ण विकको एरेन्ज गरेका हुन् ।

मार्मिक शब्द रहेका गीतको भिडियोमा शर्मा र चौहनले अभिनय गरेका छन् । चलचित्र निर्देशक समेत रहेका निकेश खड्काले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको सिनेम्याटोग्राफी छ भने भिडियोको सम्पादन विकास धमालाले गरेका हुन् ।

निषेधाज्ञामै छायांकन भएकाले भिडियोमा गायक र गायिका मात्र देखिएको गायक शर्माको स्पस्टोक्ति छ । गीतको भिडियो छायांकन बसुन्धारास्थित गोधुली फुडल्याण्डमा भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग