बाढीपहिरोको पूर्वसूचना सर्वसाधारणको मोबाइलमै

बाढी पूर्वानुमान महाशाखाका जलस्रोतविज्ञ मौसम भण्डारीका अनुसार मनसुन शुरु भएयता ‘खोला नदीमा बाढीको जोखिम छ, सुरक्षित ठाउँमा जानुस्’ भन्ने खालका सन्देशसहित साढे दुई लाख मोबाइलमा एसएमस पठाइएको जनाएको छ ।
२ असार २०७८, बुधबार ०९:११ मा प्रकाशित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले दूरसञ्चार सेवाप्रदायकसँग सहकार्य गरेर बाढीको पूर्वसूचना सर्वसाधारणको मोबाइलमा पठाउन थालेको छ । बाढी पूर्वानुमान महाशाखाका जलस्रोतविज्ञ मौसम भण्डारीका अनुसार मनसुन शुरु भएयता ‘खोला नदीमा बाढीको जोखिम छ, सुरक्षित ठाउँमा जानुस्’ भन्ने खालका सन्देशसहित साढे दुई लाख मोबाइलमा एसएमस पठाइएको जनाएको छ ।

हिजो साँझसम्म नेपाल टेलिकमबाट एक लाख ७२ हजार एक सय ३९ र एनसेलबाट ८२ हजार ६ सय ३४ गरी दुई लाख ५४ हजार सात सय ७३ वटा एसएमएस पठाइएको महाशाखाले जनाएको छ । सरकारले वर्षाको मापन गर्न स्वचालित केन्द्र स्थापना गरेको छ । ती केन्द्रबाट हरेक १० मिनेटमा नदी तथा खोलामा पानीको मात्रा कति छ थाहा हुन्छ । जोखिमको सम्भावना भएमा स्थानीय बासिन्दाको मोबाइलमा एसएमएस पठाउने गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान दिवसले नेपालीलाई राष्ट्रनिर्माणको प्रक्रियामा भावनात्मक एकतामा बाँधेको बताउनुभएको छ । आज

काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडेनले शुभकामना सन्देश पठाउँदै नेपाली जनताप्रति बधाई ज्ञापन गर्नुभएको छ । दुई देशका जनताबीचको सम्बन्धले

काठमाडौँ । नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा विश्वका विभिन्न मुलुकबाट नेपाल र नेपालीको प्रगतिको कामना गर्दै शुभकामना व्यक्त भएको

काठमाडौं । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्का र पदक प्रदान गर्नुभएको छ । नेपालको

आजको प्रमुख समाचार