महिला फुटबल टोली साफको सेमिफाइनलमा

२७ भाद्र २०६९, बुधबार १३:२८ मा प्रकाशित

काठमाडौ, २७ भदौ  । श्रीलंकाको कोलम्बोमा जारी दोस्रो महिला साफ च्याम्पियनसिपमा नेपाल समुह विजेताका रुपमा सेमिफाईनलमा प्रवेश गरेको छ । समुह चरणको अन्तिम खेलमा नेपालले अफ्गानिस्तानलाई ७-१ को भारी अन्तरले पराजित गर्दै समुह विजेताका रुपमा अन्तिम चारमा आफ्नो स्थान पक्का बनाएको हो ।
श्रीलंकाको कोलम्बोमा जारी दोस्रो महिला साफ च्याम्पियनसिप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले अफ्गानिस्तानलाई पराजित गर्दै समुह विजेता बनेको छ । अघिल्ला दुई खेलको उत्कृष्ट जितबाटै अन्तिम चारमा आफ्नो स्थान पक्का गरिसकेको नेपालले समुह चरणको अन्तिम खेलमा अफ्गानिस्तानलाई ७-१ को भारी अन्तरले पराजित गर्दै सेमिफाईनलमा स्थान पक्का बनाएको हो । नेपालको जितमा निरु थापा सजना राना र अनु लामाले दुई दुई गोल गरेका थिए भने कप्तान जमुना गुरुङ्गले एक गोल गरेकी थिईन् । अफगानिस्तानका लागि मर्जानले सान्त्वना एक गोल गरेकी थिईन् । प्रतियागिताको अघिल्लो संस्करणको उपविजेता तथा यस संस्करणको दाबेदार टोली नेपालले खेलको सुरुवात देखि नै खेललाई दबाबमा राखेको थियो । खेलको पाचौं मिनेटमा नै निरु थापाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिईन् । १९ औं मिनेटमा कप्तान जमुना गुरुङ्गले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएकी थिईन् । तर खेलको ४२ औं मिनेटमा अफ्गानिस्तानले एक गोल फर्काउँदै खेलको स्थिती २-१ मा पुर् याएकी थिईन् । पहिलो हाफको इन्ज्युरी समयमा निरु थापाले ब्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता ३-१ मा लम्ब्याएकी थिईन् । पहिलो हाफ अघि सम्म ३-१ को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप चार गोल गरेको थियो । खेलको ४७ औं मिनेटमा सजना रानाले गोल गर्दै नेपालको अग्रता ४-१ मा बढाएकी थिईन् । त्यस्तै ६९ औं मिनेटमा अनु लामाले गोल गर्दै अफ्गानिस्तान विरुद्ध नेपालको अग्रता ५-१ बनाएकी थिईन् । खेलको ७१ औं मिनेटमा सजना रानाले र ८९ औं मिनेटमा अनु लामाले ब्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ७-१ को जित दिलाउन मद्धत गरेका थिए ।
समुह चरणको तीन खेलको जितसंगै समुह विजेता बन्दै सेमिफाईनलमा पुगेको नेपालले अब फाईनल प्रवेशका लागि आयोजक श्रीलंकाको सामना गर्नेछ । श्रीलंकाले दुई खेलमा जित हात पार्दै समुह एको उपविजेता बन्दै सेमिफाईनलमा आफ्नो स्थान पक्का गरेको थियो । समुह चरणको अन्तिम खेलमा श्रीलंकाले बङ्गलादेशलाई २-१ ले हराएको थियो । शुक्रबार सेमिफाईनलमा नेपालले श्रीलंका विरुद्ध भिड्न लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । बुधबार राति

भारतमा जारी आईपीएलमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा मुम्बईविरुद्धको खेलमा दिल्ली ६ विकेटले विजयी भयो

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-ट्‍वान्टी आइ सिरिजको तेस्रो खेल आज नेदरल्याण्ड्ससँग खेल्दैछ । यस सिरिजको फाइनलको यात्रा तय गरिसकेको नेपालले