दिशा कसरी बनिन् नायिका ?

१ असार २०७८, मंगलवार ०८:५४ मा प्रकाशित

बलिउड । बलिउड नायिका दिशा पटानीले आज आफ्नो २९ औं जन्मदिन मनाउँदैछिन् । दिशा भारतको उत्तरप्रदेशको बरेलीमा जन्मिएकी हुन् । दिशा पढाइमा सानैदेखि निकै नै सिपालु थिइन् ।

उनी आफ्नो पढाइलाई अगाडि बढाउँदै गर्दा बैज्ञानिक बन्ने सपना देखेकी थइन् । सन् २०११ मे लखनउमा एमिटी यूनिभर्सिटीमा बायोटेकको पढाई सुरु गरेपछि उनले मोडलिङ यात्रालाई पनि अगाडि बढाएकी हुन् ।

दिशालाई कलेजको बिदाई पार्टीमा ‘मिस कलेज’ चयन गरिएको थियो । यसपछि उनले ‘मिस लखनउ’मा भाग लिइन् । यो प्रतिस्पर्धा जितेपछि दिशाको रंगिन दुनियाँको यात्रा सुरु भएको हो ।

मोडलिङको यात्रा अगाडि बढाउँदै गर्दा दिशालाई नायिका बन्ने सोच आएको थियो । दिशाले तेलुगु चलचित्र ‘लोफर’बाट करिअरमा डेब्यू गरेकी हुन् । हिन्दी चलचित्रमा भने दिशाले सन् २०१६ मा रिलिज भएको ‘एमएस धोनी’बाट करिअर सुरु गरेकी हुन् ।

दिशाले अभिनय गरेको चलचित्र ‘बागी २’ पनि सुपरहिट भएको थियो । दिशाको यो बर्ष मात्र चलचित्र ‘राधे’ रिलिज भएको थियो । यो चलचित्रमा उनको भूमिकालाई दर्शकले रुचाए भने दिशाको बोल्ड अवतार पनि दर्शकले मन पराएका छन् । बलिउड नायक टाइगर श्राफसँग दिशाको प्रेम चर्चा चलिरहेको हुन्छ । तर, यी दुइले प्रेम स्विकार भने गरेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग