गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको निधन

२७ भाद्र २०६९, बुधबार ०९:१७ मा प्रकाशित

काठमाडौं, २७ भदौ । गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको आज बिहान निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहनुभएका सिंहको ७७ वर्षको उमेरमा उपचारका क्रममा राजधानीको टिचिङ अस्पतालमा बिहान ६ बजे निधन भएको हो । उहां मुटु र फोक्सोको समस्याबाट पिडित हुनुहुन्थ्यो । दस दिनदेखि अस्पतालमा भर्ना भएका सिंहलाई हिजो अपरान्हबाट भेन्टिलेटरमा राखिएको थियो ।
२०४२ सालमा नारायणहिटी राजदरबारनजिकै, प्रशासनिक निकाय सिंहदरबार परिसर र राजधानीका विभिन्न स्थानमा बम बिस्फोट गराएपछि सिंह चर्चाको शिखरमा पुग्नुभएको थियो । जीवनकालभर गणतन्त्रका लागि संघर्ष गरेका सिंहलाई बम बिष्फोट काण्डमा तत्कालीन पञ्चायती व्यवस्थाले सर्वस्वहरण सहित मृत्युदण्डको सजाय तोकेको थियो । सो विष्फोटमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य डम्वरजंग गुरुङसहित तीनजनाको मृत्यु भएको थियो ।
सो घटनापछि भारत निर्वासनमा रहेका सिंह २०४६ सालमा प्रजातन्त्र पुनस्थापना भएपनि मृत्युदण्ड सजाय फिर्ता नभएकोले ०५१ सालमा मात्र नेपाल फर्कनुभएको थियो । उहां नेपालको पहिलो राष्ट्रपति निर्वाचनमा एकीकृत नेकपा माओवादी गठबन्धनका तर्फबाट उम्मेदवार समेत बन्नुभएको थियो ।
सिंहको निधनलगत्तै प्रधानमन्त्री बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष प्रचण्डलगायतका नेता शिक्षण अस्पताल पुग्नुभएको छ । सिंहको राजकीय सम्मानसहित अन्तिम संस्कार गर्ने तयारी भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

रुपन्देही । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र,