थप २९१८ संक्रमित थपिए, ५३ जनाको मृत्यु

३१ जेष्ठ २०७८, सोमबार १७:२० मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ। २९ सय १८ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ । पछिल्लो पटक ९ हजार ४ सय ३८ जनाको पिसिआर परीक्षणमा २ हजार ४९ र ५ हजार ३ सय ८१ एन्टिजेन परीक्षण गर्दा ८ सय ६९ जनामा संक्रमण देखिएको छ । यो हिजोको तुलनामा केही बढी हो ।

काठमाडौं उपत्यकामा थप ६ सय ७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये काठमाडौंका ३ सय ९६, ललितपुरका १ सय ४५ र भक्तपुरका ६६ जना छन् । पछिल्लो पटक ५ हजार १ सय ४७ जना संक्रमण मुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या ६५ हजार ८ सय ४ मा झरेको छ । देशभर ९ सय ९५ जना संक्रमितको आईसीयु र ३ सय २४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

जिल्लामा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपतिसँग पहिलो पटक