प्रहरीलाई मनिषा कोईरालाको सहयोग

३१ जेष्ठ २०७८, सोमबार ०८:३२ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीलाई चर्चित वलिउड नायिका मनिषा कोईरालाले कोरोना महामारीको प्रतिकार्यका लागि स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ । हिजो आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीलाई उहाँले स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो ।

कोईराला ४ हजार थान मास्क, ४ हजार थान फेस सिल्ड र १ हजार थान स्यानिटाईजर लगायतका सामग्री सहयोग गरेको जनाएको छ । फेसबुक पेजमार्फत कोईरालाले कोरोना महामारीमा मद्दत र उत्कृष्ट कार्य गरेको भन्दै नेपाल प्रहरी र सामाजिक अभियन्ताहरूलाई धन्यवाद समेत दिनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गायक प्रकाश सपूत र गायिका सुनिता दुलाललाई ‘विपद् जोखिम सद्भावना दूत’

काठमाडौं । अमेरिकामा बस्दै आएका नेपाली कलाकारले नेपाली लोक दोहोरी गीतको प्रवद्र्धनका लागि त्यहीँबाट प्रत्यक्ष लोक दोहोरी गायन कार्यक्रम सुरु

भारतीय अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रालाई प्रहरीले गिरफ्तार गरेको छ । कुन्द्रालाई यसै सालको फेब्रुअरीमा अश्लिल फिल्म बनाएको र