गच्छदारले देखाए असली रूप, आईजीपीका निम्ति सत्ता छोड्ने धम्की

२७ भाद्र २०६९, बुधबार ०७:४६ मा प्रकाशित

काठमाडौं, २७ भदौ । मधेसी र जनजातिबीच एकताको नारा लगाएर कहिल्यै नथाक्ने मधेसी मोर्चाका नेताहरूले यसपालि आफ्नो सक्कली अनुहार देखाइदिए । बरियताक्रममा सबभन्दा अगाडि रहेका र एक व्यावसायिक प्रहरी अधिकृतका रूपमा परिचित कुवेरसिंह रानालाई प्रहरी महानिरीक्षक बन्न नदिन गृहमन्त्रीसमेत रहेका मधेसी मोर्चाका नेता विजयकुमार गच्छदारले जे–जस्तो हर्कत देखाए त्यसले जनजातिप्रतिको मधेसी दृष्टिकोण स्पष्ट गरेको छ । कुवेर राना जनजाति समुदायको भएका कारण उनलाई विशेष निर्णय गरेर माथि तान्नुपर्ने अवस्था रहेको भए त्यस्तो अवस्थामा गच्छदारको अडानलाई स्वाभाविक र जायज मान्न सकिन्थ्यो । वरियता र व्यावसायिकता दुवै दृष्टिले योग्य हुंदा पनि गच्छदारले अर्को विकल्प खोज्नुको मुख्य कारण धेरैले बुझिसकेका छन् । वरियताक्रमका दोस्रोलाई समेत छाडी सबैभन्दा कनिष्टको पक्षमा उनले आफूलाई
उभ्याउनुको कारण ‘बाह्र करोड’को करामत भएको चर्चा प्रहरी वृत्तमा समेत चल्ने गरेको छ । यसरी गच्छदारले रकमको प्रभावमा परी भीष्म प्रसाईंलाई आईजीपी नियुक्त गर्न प्रयास भएपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यस प्रकरणलाई गम्भीरतापूर्वक लिएको बुझिएको छ । वरियता नमिचेको देखाउने र कुवेर रानालाई ‘कृतज्ञ’ बनाउन पनि पाइने भएकोले आईजीपी नियुक्ति प्रकरण प्रधानमन्त्री भट्टराईका निम्ति एक अवसर बनेर प्रकट भएको छ । प्राप्त जानकारीअनुसार प्रधानमन्त्री कुवेरकै पक्षमा रहेका छन् र विजयकुमार गच्छदारले गठबन्धन नै छोडिदिन्छु भनेर धम्क्याउंदा पनि प्रधानमन्त्रीमा त्यसको असर नपरेको बताइन्छ । यस सम्बन्धमा प्रधानमन्त्री भट्टराईले भदौ २७ गतेसम्म सहमति बनाउन प्रयास गर्ने र नभए आफैंले ठाडो प्रस्ताव राखी कुवेरसिंह रानालाई आईजीपी बनाउने योजना पहिले नै बनाएको बुझिएको छ ।
उता विजय गच्छदारको पीडा बेग्लै छ, आईजीपीका रूपमा रवीन्द्रप्रताप शाहले आफूले भनेका कुनै पनि कुरा नमानेकोले उनी योग्य मात्र भन्दा पनि ‘आज्ञाकारी’ आईजीपीको खोजीमा अलिक पहिलेदेखि नै रहेका थिए । कुवेर राना वरिष्ठ भए पनि ‘को–अपरेटिभ’ हुन नसक्ने भएपछि गच्छदार विकल्पको खोजीमा लागेका थिए । यसै क्रममा गच्छदारलाई पट्याउने सफलता प्रसार्इंलाई मिलेको हो । तर, प्रधानमन्त्री प्रसाईंलाई आईजीपी बनाउन राजी नभएपछि गच्छदार सकसमा परे, उनले सरकार छोड्ने चेतावनी पनि दिए । त्यसो त यसरी ‘एक्स्पोज’ भइसकेपछि विजय गच्छदारले गृहमन्त्री रहिरहन खोज्नु पनि स्वाभाविक हुने छैन । प्रसाईंलाई आईजीपी बनाउंदा नगद लिएर नियुक्ति गरेको आरोपमाथि छानबिन सुरु हुने र सोही काण्डमा जेलसम्म जाने अवस्था आउन सक्ने र राना बन्दा पनि गृह मन्त्रालय सम्हालेर बस्नुको औचित्य नहुने भएकोले विजय गच्छदार सङ्कटमा परेको बताइन्छ । सरकारमा धेरै लामो समय रहन मुस्किल पर्ने महसुस गर्दै गरेका डा. बाबुराम भट्टराई सत्ता गुमे पनि प्रहरी प्रमुखमा आफ्नो प्रतिकूल व्यक्ति नभएको हेर्न चाहन्छन्, त्यसैले सरकार छोड्ने भनी गच्छदारले दिएको धम्कीको असर मंगलबार बेलुकासम्म प्रधानमन्त्रीमा देखिएको थिएन । निकट भविष्यमै ढल्ने सरकार छोड्न गच्छदार तयार हुनुलाई पनि कुनै ठूलो घटनाका रूपमा बुझ्नुपर्ने आवश्यकता रहेको ठानिंदैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवसिय नेपालीहरुलाई नेपालमा पूँजीसँगै सिप र प्रविधि पनि भित्राउन आग्रह गरेका छन् । अर्थ मन्त्रालय

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बोलाइएको हो

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका वडा नं. ४ पिपलभन्ज्याङमा भएको जीप दुर्घटनामा ७ जना घाइते भएका छन् । घाईतेमध्ये २

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । उनलाई साथ दिइरहेका