फ्रेन्च ओपनको उपाधि जोकोभिचलाई

३१ जेष्ठ २०७८, सोमबार ०८:२६ मा प्रकाशित

यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि सर्बियन खेलाडी नोभाक जोकोभिचले जितेका छन् । फ्रान्सको पेरिसमा गएराति भएको फाईनल खेलमा ग्रीसका स्टेफानोस सित्सीपासलाई हराउँदै जोकोभिच च्याम्पियन बनेका हुन् ।

पाँचौं वरीयताका सित्सीपास विरुद्धको खेलमा सुरुका दुई सेट गुमाएका जोकोभिचले यसपछि लगातार तिन सेट जित्दै उपाधि हात पारे । विश्व नम्बर एक जोकोभिचले ६–७, २–६, ६–३, ६–२ र ६–४ को सेटमा खेल जितेका हुन् । योसँगै जोकोभिचले दोस्रो पटक फ्रेन्च ओपनको उपाधि जित्न सफल भए ।

उनले यसअघि २०१६ मा फ्रेन्च ओपन जितेका थिए । जोकोभिचको समग्रमा यो १९ औं ग्राण्डस्लाम उपाधि हो । उनी सर्वाधिक ग्राण्ड स्लाम जित्ने रोजर फेडेरर र रफाईनल नदालको उपाधिभन्दा अब एक उपाधि मात्रै टाढा छन् । फेडेरर र नदालले २० पटक ग्राण्डस्लाम जितेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । टोकियो ओलिम्पिक्समा नेपाली खेलाडीहरूको खेल आजदेखि शुरु भएका छन् । शुटिङमा नेपालकी कल्पना परियारले महिला १० मिटर एयर

टोकियो। जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको औपचारिक उद्घाटन आज हुँदैछ । प्रतियोगिता आजदेखि सुरु भई आगामी अगस्ट ८

जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ ।

कोलम्बो । भारतले दोस्रो एकदिवसीय खेलमा श्रीलंका विरुद्ध तीन विकेटको रोमाञ्चक जीत हात पारेको छ । यो जीतसँगै ३-१ दिवसीय