ठाकुर पक्ष नयाँ पार्टी दर्ता गराउने तयारीमा

३० जेष्ठ २०७८, आईतवार १८:५२ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी जसपाका महन्थ ठाकुर पक्षले केन्द्रीय समितिमा बहुमत जुटाएर निर्वाचन आयोगमा दाबी गर्न सकेका छैनन् । यसकारण ठाकुर पक्ष नयाँ पार्टी दर्ता गराउने मनस्थितिमा पुगेको एक नेताले बताए । निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई कार्यकारिणी समिति सदस्यको हस्ताक्षरसहितको नामावली बुझाउन दिएको समयसीमा सकिएको छ ।

जसपाका एकजना कार्यकारिणी सदस्यका अनुसार ठाकुर पक्षले बहुमत सदस्यको नामावली पुर्याउन नसकेपछि नयाँ पार्टी बनाउने तयारीमा पुगेको हो । स्रोतका अनुसार निर्वाचन आयोगमा नामावली बुझाउनका लागि हस्ताक्षर गर्न आइतबार बबरमहलमा बैठक बोलाइएको थियो । तर, बहुमत सदस्य अनुपस्थित भएपछि बैठक स्थगित गरिएको छ ।

कार्यकारिणी समितिका ५१ जनामध्ये १९ जना मात्रै महन्थ ठाकुरको पक्षमा उभिएका छन् । बहुमतका लागि २६ जना केन्द्रीय सदस्य संख्या नपुगेपछि अब नयाँ पार्टी बनाउने तयारीका साथ अगाडि बढेको ती नेताको भनाई छ ।

स्रोतका अनुसार नयाँ पार्टीका लागि विधान र अन्य दस्तावेज बनाउने जिम्मेवारी डा. सुरेन्द्रकुमार झा र केशव झालाई दिइएको छ । दुबैले नयाँ पार्टीको विधानको मस्यौदा तयार गरेर दिइसकेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

जिल्लामा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपतिसँग पहिलो पटक