सिकारु व्यक्तिले चलाएको कारको ठक्करबाट एकको मृत्यु पांच घाइते

२७ भाद्र २०६९, बुधबार ०७:२६ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २७ भदौ । कपिलवस्तुको पकडी चाकरचौडा सिमा सडकखण्डको
अभिरावमा सिकारु व्यक्तिले चलाएको लु १ च ३५५५ नम्वरको नीजि टाटा सुमोले ठक्कर दिंदा एक वृद्धको मृत्यु हुनुका साथै पांचजना घाईते भएका छन् । ईलाका प्रहरी कार्यालय पकडीका अनुसार गाडीले किचेर खाद्यान्न गल्ला मजदुर ६० वर्षीय दयारमा लोधको मंगलबार घटनास्थलमा नै मृत्यु भएको छ ।
शेख खाध्यान्न पसलका गल्ला व्यापारी सफिक शेख र उनक ३ वर्षीय छोरा र पांचवर्षीय छोरी, १५ वर्षीय उचुक यादव र सोही पसलका मजदुर दाने लोध घाईते भएका छन् । सफिक र उनको तीन वर्षीय छोराको अवस्था गंभिर रहेको र उनीहरुको सेफा अस्पताल पकडीमा प्राथमिक उपचार गरी भारत नौगढमा थप उपचारको लागि पठाइएको छ । अन्य तीनजनाको अभिराव स्वास्थ्य चौकीमा उपचार भएको प्रहरी निरीक्षक बावुराजा पन्तले बताए । प्रहरीले दुर्घटना गर्ने गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको