असोज एकदेखि विद्यार्थीलाई ग्यास र मट्टितेलमा छुट

२७ भाद्र २०६९, बुधबार ०७:१० मा प्रकाशित

काठमाडौ, २७ भदौ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको प्रस्तावअनुसार सरकारले विद्यार्थीलाई वर्षमा चार सिलिन्डर ग्यास र १ सय २० लिटर मट्टितेल सहुलियतमा दिने भएको छ। आगामी असोज १ देखि कार्यान्वयनमा आउने सहुलियतसम्वन्धी प्रस्ताव आज बुधवारको मन्त्रिपरिषद्बाट निर्णय हुनेछ।
ग्यास प्रयोग गर्ने विद्यार्थीले तीन महिनामा एक सिलिन्डर ग्यासमा २ सय ५० रुपैयाँ छुट पाउनेछन् भने मट्टितेल प्रयोग गर्ने विद्यार्थीको हकमा महिनामा मासिक १० लिटर पाउनेछन्। विद्यार्थीले मट्टितेल बजार भाउ भन्दा १० रुपैयाँ सस्तोमा पाउनेछन्। यो राहत दिँदा वार्षिक रुपमा ५० करोड रुपैयाँ दिनुपर्नेछ। यो सहुलियत सामुदायिक, सरकारी, पब्लिक कलेजका विद्यार्थीले पाउनेछन्। शिक्षा मन्त्रालयका अनुसार ६ लाख यस्ता कलेजमा अध्ययन गर्ने विद्यार्थी ६ लाख रहेका छन्।
विद्यार्थीले ग्यास वा मट्टितेल किनेको विल पेस गरेपछि सम्वन्धित कलेजको लेखाशाखाबाट रकम फिर्ता पाउनेछन्। विद्यार्थीले ग्यास वा मट्टितेल किन्दा परल मूल्यमा किन्ने र पछि विल पेस गरेर रकम फिर्ता पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

काठमाडौं । सरकारले विभिन्न देशबाट कोरोनाविरुद्धको खोप आयातलाई तिब्रता दिएको छ । तर सरकारले खोप अभियानलाई व्यवस्थित गर्न नसक्दा नागरिक

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री