प्रधानमन्त्रीविरुद्ध अभिव्यक्ति दिएका वैद्यद्वारा आत्मालोचना

प्रदेशसभाको शनिबारको बैठकमा विशेष समय लिएर वैद्यले आफ्नो अभिव्यक्तिको आत्मालोचना गर्दै माफी मागेका हुन् । उनले वाक स्वतन्त्रताको बढी नै उपभोग गरेको भन्दै आत्मालोचना गरेका छन् ।
२९ जेष्ठ २०७८, शनिबार १६:५२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्रीविरुद्ध प्रदेशसभा बैठकमा नै आपत्तिजनक अभिव्यक्ति दिएका नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले आत्मालोचना गरेका छन् ।

प्रदेशसभाको शनिबारको बैठकमा विशेष समय लिएर वैद्यले आफ्नो अभिव्यक्तिको आत्मालोचना गर्दै माफी मागेका हुन् । उनले वाक स्वतन्त्रताको बढी नै उपभोग गरेको भन्दै आत्मालोचना गरेका छन् । ‘म महात्मा गान्धी मान्ने मान्छे, वचनले पनि हिंसा हुनुहुँदैन भन्ने मान्छे, तर आवेशमा आएर यस्तो बोलेँ,’ उनले भने ।

वैद्यले आफ्नो भनाइ संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराए । उनले माफी मागेपछि सभामुख सानुकुमार श्रेष्ठले उनको भनाइ संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

जिल्लामा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपतिसँग पहिलो पटक