पूर्वराजा गण्डकी भ्रमणमा

२७ भाद्र २०६९, बुधबार ०६:२९ मा प्रकाशित

काठमाडौं, २७ भदौ । पूर्वराजा ज्ञानेन्द्र आगामी असोजको पहिलो साता गण्डकी अञ्चलका ६ जिल्लाको भ्रमणमा जानुहुने भएको छ । प्राप्त जानकारीअनुसार उहांको असोज ४ गते पोखरा प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उहां पोखराको फिसटेल होटलमा बस्नुहुने र पोखरालाई नै मुकाम बनाएर अन्य जिल्लाको भ्रमणमा जानुहुने बताइएको छ । पूर्वराजाले कास्कीका साथै म्याग्दी, पर्वत, बाग्लुङ, स्याङ्जा र तनहुंको भ्रमण गर्नुहुने भएको छ । उल्लिखित ६ जिल्लामा भ्रमणका लागि स्थानीय बासिन्दाबाट निमन्त्रणा प्राप्त भएकोले उहां ती जिल्लाको भ्रमणमा जान लाग्नुभएको बुझिएको छ । लमजुङ र गोरखाबाट भने निमन्त्रणा नभएकोले ती जिल्लामा उहांको भ्रमण कार्यक्रम राखिएको छैन । आठदेखि दश दिनमा ६ जिल्लाको भ्रमण सकेर पूर्वराजा काठमाडौं फर्कनुहुने जानकारी पोखराबाट आयोजकहरूले दिएका छन् । जिल्ला भ्रमणमा उहांले मोटरबाटो प्रयोग गर्नुहुने जानकारी पनि आयोजकहरूबाट प्राप्त भएको छ । भ्रमणको तयारीको निम्ति पूर्वराजाका सचिव सागर तिमिल्सिना मंगलबार पोखरा पुग्नुभएको छ ।
यसअघि जिल्ला भ्रमणमा जांदा देवीदेवताको दर्शन र पूजाआजालाई मुख्य कार्यक्रम बनाइने गरिएको भए पनि यसपटकको भ्रमण बेग्लै प्रकारको रहेको छ । यसपालि पूर्वराजाले जनता र जनसमूहसंग भेटघाट तथा छलफल गर्ने कार्यक्रम पनि रहेको छ । उहांको भ्रमणको उद्देश्य जनचाहना बुझ्नु, जनताको स्थितिबारे अध्ययन गर्नु र जनतासंग प्रत्यक्ष सम्पर्क गर्नु रहेको बताइएको छ । राष्ट्रपति डा. रामवरण यादवले गणतन्त्रमा ग्रहण लागेको अभिव्यक्ति दिइरहनुभएका बेला पूर्वराजाबाट हुने यो भ्रमणले राजनीतिक महत्व राख्ने अनुमान बुद्धिजीवीहरूले गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमाले(नेकपा)को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक