नेपालले आज अष्ट्रेलियासँग खेल्दै

२८ जेष्ठ २०७८, शुक्रबार ०८:१९ मा प्रकाशित

विश्वकप तथा एसिया कप छनोट फुटबलको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ । कुवेतको राजधानी कुवेत सिटीमा समूह ‘बी’ को सबैभन्दा बलियो टोली अष्ट्रेलिया विरुद्धको खेल नेपालका लागि निकै कठिन हुनेछ ।

विश्वकप फुटबलको अनुभव बटुलिसकेको अष्ट्रेलिया एसियाली समुहमा खेल्न थालेदेखि नैं यो समुहको सबैभन्दा बलियो टोलीमध्य एक हो । समूह ‘बी’ को एकमात्र अपराजित टोली अष्ट्रेलियाले पहिलो खेलमा नेपाललाई घरेलु मैदानमा ५-० ले हराएको थियो ।

पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया र पहिलो पटक दोस्रो चरणको छनौटमा पुगेको नेपालबीचको खेल आज राति पौने १० बजे शुरु हुनेछ । समूहमा ६ खेलबाट १८ अंकसहित अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ भने नेपाल ६ अंकसहित चौथो स्थानमा छ ।

पाँच टिम सहभागी समूहमा नेपालले पुछारको चाइनिज ताइपेईलाई दुवै खेलमा हराउँदा जोर्डन र कुवेतसँग दुवै खेल हारेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता कात्तिक २९ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल

अष्ट्रेलियाकी ओलम्पिक कास्य र रजत पदक विजेता जेसी फक्स टोकियो आलम्पिक्स २०२० मा पनि कास्य पदक जितिसकेकी छन् । तर,

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै

टोकियो । टोकियो ओलम्पिक–२०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज