बिहे गर्ने मुडमा राजेश

२७ भाद्र २०६९, बुधबार ०२:५२ मा प्रकाशित

नेपाली सिनेमाका महानायक राजेश हमाललाई सर्वाधिक सोधिने प्रश्न एउटै हो– किन उनले विवाह गरेनन् र कहिले गर्लान् ? यो प्रश्न यसै साता एक औपचारिक भेटघाटमा यो स्तम्भकारले पनि हमाललाई सोधेको थियो । जवाफमा उनले भने, ‘साँच्चै भन्नुपर्दा अबचाहिँ गर्नैपर्ने भएको छ । अब गर्नुपर्छ,’ जोसिएर हमालले जवाफ दिए । केही समययता राजेशले मङ्सिर महिनामा बिहे गर्दै छन् भन्ने आसयका समाचार मिडियामा आएकोप्रति लक्षित थियो उनको जवाफ ।
विवाह ढिलो भएको भन्ने कुराप्रति भने राजेशलाई चिन्ता देखिएन । उनले थपे, ‘दिन नआईकन हुँदैन रहेछ । मलाई लागेको छ कि मेरो दिन भर्खर आउँदै छ ।’ विशेष गरेर एकान्त रुचाउने हमालले एउटा वास्तविक र गाँठी कुरा भने यो पङ्क्तिकारसँग फुकाएरै भने, ‘जो मेरा लागि पर्खेर बसेकी छिन्, उनलाई धोका दिनु त भएन नि । उनका लागि भए पनि मैले यसपटक बिहे गर्नैपर्छ ।’ ‘मैले त्यतिबेला विवाह गरेको भए रहरमा नै परिवारमा सन्तान हुर्कन्थ्यो तर यतिबेला सन्तान हुर्काउन अर्को समस्या पनि छ,’ हमालले भने । हाल सिनेमा अभिनयतिर उनले त्यति समय दिएका छैनन् । सामाजिक कार्यक्रम र सहयोग पुग्ने खालका समारोहतिर बढी समय खर्चेका हमालको यसपटकको दशैं पनि विदेशमा रहेका नेपालीमाझ बित्ने भएको छ । उनी अब एक महिनापछि विभिन्न कार्यक्रममा सहभागी हुन अमेरिका जाने भएका छन् । यो कुरा पनि बताए उनले ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ