बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश

२७ जेष्ठ २०७८, बिहीबार ०८:२६ मा प्रकाशित

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नु भएको छ । महारानी एलिजावेथ द्वितीयसमक्ष बकिङ्घम प्यालेसमा बुधबार आयोजित एक विशेष समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको बेलायतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

भर्चुअलरूपमा सम्पन्न उक्त समारोहमा प्रमाणपत्र बुझाएपछि राजदूत रेग्मीले महारानीसमक्ष नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पनि सुनाउनुभएको थियो । सन्देशमा राष्ट्रपति र प्रधानमन्त्रीले महारानीको सुस्वास्थ्यका साथै बेलायतको प्रगति र बेलायती जनताको समृृद्धिको कामना गर्नुभएको दूतावासले उल्लेख गरेको छ ।

ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै महारानीले राजदूत रेग्मीलाई सफल कार्यकालका लागि शुभकामना दिनुभएको थियो । साथै उहाँले बेलायत र नेपालबीच विशेष सम्बन्ध रहेको तथा नेपालको विकास प्रयासमा सहयोग गर्नु बेलायतको प्राथमिकता रहेको बताउनुभयो ।

महारानीले आफ्नो दुईवटा ऐतिहासिक नेपाल भ्रमणको क्षणको स्मरण गर्दै अहिले कोभिड–१९ का कारण नेपालको अवस्था र खोपबारेमा चासो व्यक्त गर्नुभएको राजदूत रेग्मीले बताउनुभयो ।

राजदूत रेग्मीले बेलायत र नेपालबीच दुई शताब्दी लामो सम्बन्धको चर्चा गर्दै बेलायतले नेपाललाई सामाजिक तथा आर्थिक विकासमा पु¥याएको सहयोग तथा हालै कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा पु¥याएको सहयोगका लागि धन्यवाद दिनुभएको थियो । रेग्मी बेलायतका लागि २१औँ राजदुतका रूपमा हालै नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । टोखा नगरपालिकामा कोरोना खोप कार्यक्रम पुनः सञ्चालन गरिएको छ । यही साउन १६ गते बिहान ६:१५ बजे ग्राण्डी

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा

कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुनुहुन्छ । उहाँको चार महिनाको बच्चा छ । सुत्केरी भएको दुई महिना बिदा सकेर

सिन्धुपाल्चोक । मेलम्ची खोलाको मुहान क्षेत्रको तस्वीर र श्रव्यदृश्य हेर्दा ठूलो मात्रामा गेग्य्रान थुप्रिएको छ । ठाउँठाउँ पटपटी फुटेर खस्न