म कस्तो मान्छे …? -पुरुषोत्तम ढकाल

५ चैत्र २०६८, आईतवार ०३:१२ मा प्रकाशित

हिउ पर्यो हिउ जस्तै छे

हुरीको बेगझैँ झुल्किने
सितल हावा आयो गयो
यन्त्रबत् हेरिरहने, म कस्तो मान्छे ।

मुसलधारे झरी निथ्रुक्क भिजेकी
मनको मयल सलक्कै
मन मेरो टोलाई रहने, म कस्तो मान्छे ।

झरेर पातहरु खक्रक्क
तर ऊ फक्रेकी फक्रक्क
लाग्छ उस्कोपो हो जीवन, लोभिने म कस्तो मान्छे ।

प्रचण्ड गर्मि छैन पसिना
ऊ भने असिनाझै
मन मेरो असीन पसीन, म कस्तो मान्छे ।

भेट्योकी मुस्कुराउछे, देख्योकि लजाउछे
लाग्छ मेरो मुनु, कुदी रहन्छे उफ्रिरहंछे
तर ठिङ्ग उभिरहने, म कस्तो मान्छे ।

सूर्यदयको पहिलो प्रहर
झुल्किन्छे तर अस्ताईन कहिल्यै
कल्पी रहने म कस्तो मान्छे ।

बोलिरहंछे, हेरिरहन्छु
लाग्छ जिन्दगि जगमगाई रहेछ
नियाल्दा सर्माउछे, नियाल्ने म कस्तो मान्छे ।

ती मिर्गनयनी आँखा
सलक्क परेका बाहु, लच्कदै लम्किएका पाईलाहरु
ठिङ्ग उभिएर कुरिरहंछु
कुरिरहने म कस्तो मान्छे ।

कुदेंकै हुन् भगवानले
दिएकै हुन् बरदान
थामी रहोस त्यो हाँसो त्यो खुसि
नजर नजुधेको जुगै बित्यो
मनले बिर्सनै नसक्ने म कस्तो मान्छे ।

हिउ पर्यो हिउ झर्यो ऊ उदाउथी
फक्रेर लजाउदै हुरीको बेगमा झुल्कीरहने
प्रचण्ड गर्मि आयोकी सम्झीरहने म कस्तो मान्छे ।
कल्पेर उनलाई पग्लीरहने म कस्तो मान्छे ।

किन किन निद्रै परेन आज
फेरी अर्को सालको हिउ पर्यो आज
हिउ जस्तो जिउ सम्झे
आँखा अनायासै उघ्रियो
मनपरेको मान्छे भेट्ने म कस्तो मान्छे ।

खुट्टा लरर्बरायो उनको
बलिन्द्र धारा आँशु
कलेटी परेका ओठहरु
हेर्नै सकिन डामिएका उनका अंग प्रत्यंगहरु
हेर्न नसक्ने उनको यो रुप म कस्तो मान्छे ।

सुने उनका सुष्क आवाजहरु
सकिएका लज्जा र हैयाहरु
कतिबेला हिउ पग्लीएछ
उ पनि हराई छे
मन परेको मान्छे भेट्ने
म कस्तो अभागी मान्छे ..!!

 
ढिकुरेबजार, नुवाकोट, नेपाल
हाल
ह्यारिस्बर्ग, पेन्सलभानिया, संयुक्तराज्य अमेरिका
१७ फेब्रुवरी, २०१२

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार